धरान: आज (शनिबार) धरान उपमहानगरपालिका क्षेत्र र बराहक्षेत्रको वडा १ र २ मा दिनभर विजुली अवरुद्ध हुने भएको छ । 
विद्युत प्राधिकरण धरान वितरण केन्द्रका अनुसार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म विजुली अवरुद्ध हुनेछ । दुहबी ग्रिडदेखि धरान सबस्टेशनसम्म ३३ केभी धरान फिडरमा बुस कटिङ तथा मर्मत कार्य गर्नुपर्ने भएकोले लाइन अवरुद्ध हुने केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार धरानको सबै वडा र बराहको नगरपालिका १ र २ मा लाइन अवरुद्ध हुनेछ । समय अगावै काम सम्पन्न भएमा ५ बजे अगाडि नै पनि लाइन सुचारु हुुने पनि केन्द्रले जनाएको छ ।

 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
                     
		


 
		 
		 
		 
		



