धरान: दोस्रो अशोक स्मृति बास्केटवल रनिङ कपको फाइनलमा ब्रदस बास्केटवल टिम र हाम्रो कलेक्सन पुगेको छ । 

प्रतियोगिताको फाइनल आज विपि प्रतिष्ठानको बास्केटवल कोर्टमा हुनेछ । होम एण्ड अवेको आधारमा वेस्ट अफ थ्री खेलाइएको सेमिफाइनल खेलमा ब्रदस र हाम्रो कलेक्सनले प्रतिस्पर्धीलाई होम एण्ड अवे गरि दुवै सेटमा लगातार पराजित गर्दै फाइनलमा भेट पक्का गरेको हो । ब्रर्दशले यलम्वरलाई र हाम्रो कलेक्सनले तरहरालाई पराजित गरेको थियो । शुक्रवार यलम्वरको होम कोर्टमा भएको पहिलो सेमिफाइनल खेलमा व्रदसले यलम्वरलाई ८८–४३ र तरहराको होम कोर्टमा हाम्रो कलेक्सनले तरहरालाई ७०–४६ अंकले पराजित गरेको थियो ।

 यस्तै, शनिवार भएको दोस्रो सेमिफाइनल खेलमा व्रदसले आफ्नो होम कोर्टमा यलम्वरलाई ८१–६५ र हाम्रो कलेक्सनले आफ्नो होम कोर्टमा तरहरालाई ७१–५५ अंकको अन्तरले पराजित गर्दै फाइनल प्रवेश गर्यो । यलम्वरको होमकोर्टमा भएको पहिलो सेमिफाइनल खेलमा व्यक्तिगत २९ अंक जोडेका व्रदसका सर्वोधन राई म्यान अफ द म्याच घोषित भए । 

यस्तै, तरहराको होमकोर्टमा भएको सेमिफाइन खेलमा १९ व्याक्तिगत अंक जोडेका हाम्रो कलेक्सनका नयन तामाङ म्यान अफ द म्याच घोषित भए । व्रदस र हाम्रो कलेक्सनको होम कोर्टमा शनिवार भएको दोस्रो सेमिफाइनल खेलमा ३५ अंक व्यक्तिगत जेडेका यलम्वरका दिवस राई र २७ अंक जोडेका तरहराका संदिप श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । उनीहरुले ट्रफि ,कफि पव र ज्वाइखानाको ५ रुपैया वारवरको फुड भौचर र प्रमाणपत्र प्राप्त गरेका छन्।

प्रतियोगिताका विजेता टिमले नगद पच्पन्न हजार ५ सय ५५ रुपैया, दोस्रोले नगद २५ हजार ५ सय ५५ रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै गरि उत्कृष्ट खेलाडिले नगद ४ हजार,  बास्केटवल जुत्ता, डिमाण्डु म्यान अफ द म्याचले नगद ३ हजार ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

आज हुने प्रतियोगिताको फाइनल खेलमा २।० थ्री पोइन्ट कम्पिटिसन समेत हुनेछ। थ्री पोइन्ट कम्पिटिसनका विजेताले नगद ३ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । फागुन ८ देखि सुरु भएकोे प्रतियोगितामा धरान, तरहरा, झापा र वेलवारीका दश टिमले सहभागिता जनाएको थियो । सहभागी टिमहरु आयोजक डायनामिक युथ क्लव, व्रदस, युवा जागृति, होराइजन, यलम्वर, हाम्रो कलेक्सन, मिराकल, वेलवारी, तरहरा र झापा रहेको थियो । लिगकम नकआउटको आधारमा जारी प्रतियोगितामा प्रविधिक सहयोग धरान र सुनसरी बास्केटवल संघको रहेको छ ।