धरान: आज हिन्दु धर्मावलम्बीहरुको आराध्य देव शिवको बिशेष पुजा गरि मनाइने महाशिवरात्री पर्व हो । 

आजको दिन शिवालयहरुमा शिवका भक्तजनहरुको घुँइचो लाग्ने गर्छ । धरान १४ विजयपुरस्थित पिण्डेश्वर महादेवको मन्दिरमा आज बिहानैदेखि भक्तजनरुको घुँइचो छ । शिवभक्तहरु बिहानैदेखि कलशमा जल, पुजा सामग्री लिएर पिण्डेश्वर महादेवको दर्शन तथा पुजा गर्न लामवद्ध छन् । साधुसन्त तथा बाबा जीहरु पनि मन्दिर परिसरमा भेटिन्छन् । 

पिण्डेश्व बाबाधाम समितिका अध्यक्ष विकास वनेपालीका अनुसार दिउँसो झन् भक्तजनहरुको संख्या बढ्नेछ । भक्तजनहरुलाई निःशुल्क हलुवा, मालपुवालगायत प्रसाद पनि वितरण गरिने अध्यक्ष वनेपालीले जानकारी दिए । बुद्धिजिवी एव प्रा.डा.राजेन्द्र शर्माका अनुसार मालपुवा शिवको प्रिय खाना हो । त्यसैले शिवभक्तहरुलाई प्रसादकोरुपमा वितरण गरिने उनले बताए ।

भिडियो:

 


Shivaratri2

Shivaratri3

Shivaratri12

Shivaratri4

Shivaratri6

Shivaratri8

Shivaratri7

Shivaratri10

Shivaratri17

Shivaratri14

Shivaratri5

Shivaratri9

Shivaratri11

Shivaratri15

Shivaratri16