सुनसरी: सुनसरीको गढी गाउँपालिका ६ मा ट्रयाक्टरको ठक्करबाट १ जना वद्धृको मृत्यु भएको छ। 
प्रहरीका अनुसार मृत्यु हुनेमा गढी ६ का ७० बर्षीय हरीलाल मगरदैता रहेका छन् । हिजो राती ९ बजे प्रदेश १-०२-००३ त नम्वरको ट्रयाक्टर पछाडि सार्ने क्रममा राज जानकी मंदिर परिसरमा बसिरहेका मगरदैतालाई ट्रयाक्टरको डालाले ठक्कर लागेको थियो ।
 ठक्करबाट घाइते भएका मगरदैताको उपचारको क्रममा बिराटनगरस्थित बिराटनर्सिङ होममा मृत्यु भएको हो। ईलाका प्रहरी कार्यालय दुहबीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । 
 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
		


 
		 
		 
		 
		



