धरान: नेवार समुदायको उत्थानका लागि गठन भएको नेवार एकता समाज धरानले तीन जना सञ्चारकर्मीलाई सम्मान गरेको छ । 

समाजले शिनबार धरान ७ स्थित सिद्धि नेवाः परिषदमा आफ्नो स्थापनाको ९ औं बार्षिकोत्सव मनाउने क्रममा सञ्चारकर्मीहरुलाई सम्मान गरेको हो । सम्मानित हुने सञ्चारकर्मीहरुमा नेवाः राष्ट्रिय पत्रकार दबु सुनसरीका संस्थापक अध्यक्ष महेश श्रेष्ठ, दबु सुनसरी पूर्व अध्यक्ष तथा संस्थापक सदस्य सोहन श्रेष्ठ, भूपु अध्यक्ष तथा संस्थापक सचिव सचिव भोला श्रेष्ठ र भूपूअध्यक्ष विनय प्रधानलाई सम्मान गरेको हो । सम्मानित सञ्चारकर्मीहरुलाई कार्यक्रमका प्रमुख अथिति एवं समाजसेवी चन्द्रप्रसाद श्रेष्ठले सम्मान पत्र प्रदान गरेका थिए । 

newar

कार्यक्रममा विभिन्न नेवारी संस्थाका पदाधिकारीहरुलाई संस्थामा पुर्याएको योगदानको कदर गर्दै सम्मान तथा बधाई दिइएको थियो । विगतमा समाजले बार्षिकोत्सवका अवसरमा सामाजिक कार्य गर्ने गरे पनि यस बर्ष भने कोरोना संक्रमणका कारण बार्षिकोत्सवमा सम्मान तथा बधाई कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको अध्यक्ष राजेशमान श्रेष्ठले जानकारी दिए ।

विगतमा समाजले बार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गर्ने गरेको थियो । यस बर्ष भने नेवारी संस्थाका सीमित संघ संस्था भेला भई कार्यक्रम सम्पन्न गरिएको अध्यक्ष श्रेष्ठले बताए । उनले भने–‘हामीले विगतमा भव्य कार्यक्रम गर्ने गथ्र्यौ, यस पटक भने कोरोना संक्रमणकै कारण सामान्य उपस्थितिमा विगतमा संस्थालाई योगदान पुर्याउने पत्रकार र नेवारी समाजका विभिन्न संस्थाहरुलाई सम्मान तथा वधाईज्ञापन गरेर कार्यक्रम सम्पन्न गरेका हौं ।’