धरान: स्वर्गीय सुवास राई स्मृति सुपर ८ लिग फुटबल प्रतियोगितामा धरानको वडा नं. १९ र १६ ले अंक बाँडेको छ । 

धरान १६ स्थित रंगशलामा बिहिबार भएको खेल गोलरहित बराबरीमा टुंगिएको थियो । खेल बराबरीमा सकिएपछि दुवै टोलीले एक एक अंक बाँडेका हुन् । खेलको म्यान अफ द  म्याच धरान–१९ का टिम क्याप्टेन प्रमेश राई घोषित भए । उनले नगद २५ सय पुरस्कार हात पारे । 

गोधुली रनिङ कपको उत्कृष्ट ८ टिमलाई समावेश गरेर सुपर ८ लिग प्रतियोगिता धरानमा जारी छ । उत्कृष्ट ८ टमलाई दुई समुहमा विभाजन गरी लिगकम नकआउटको आधारमा प्रतियोगिता भइरहेको छ । समुह बी मा रहेका दुवै टोली अघिल्लो खेलमा पराजित भएका थिए । समुह बी मा समान ३ अंकका साथमा वडा नं. १३ र १६ पहिलो स्थानमा छन् भने एक एक अंकका साथ १९ नं. वडा र १६ नं. वडा छन् । वडा नं १६ र १९ ले अन्तिम एक खेल मात्र खेल्न बाँकी छ । 

शुक्रबार वडा नं. १५ र १४ का बीच धरान रंगशालामा बिहान ७ बजे खेल हुने आयोजकले जनाएको छ । फागुन २८ गते सुरु भएको प्रतियोगिता चैत्र १२ गतेसम्म चल्नेछन । प्रतियोगताको विजेताले २ लाख र उपविजेताले १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।