धरानः धरान १६ लेखनाथ चोकस्थित नवोदय विद्या मन्दिर सेकेण्डरी स्कुलमा अभिभावक दिवसको अवसरमा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरिएको छ । 

अग्रज पत्रकार एवं ब्लाष्ट दैनिकका प्रधान सम्पादक राजकुमार कार्की प्रमुख अतिथि रहेको कार्यक्रममा बर्षभरीमा उत्कृष्ट १६ विद्यार्थीलाई सम्मान गरिएको हो । स्कुलका प्रिन्सिपल डम्बरकुमार तुम्बापोका अनुसार स्टुडेण्ट अफ दि इयर घोषित इशा राईलाई सम्मान गरिएको थियो । खेलकुदमा उत्कृष्ट भएकी तिर्सना मगर, मोष्ट क्रियटिभ विद्यार्थी ब्रिटिसा मगर, स्मार्ट विद्यार्थी मिलन श्रेष्ठ पनि सम्मानित भए । 

यस्तै, वर्षभरीकै उत्कृष्ट छात्रा नेहा डङ्गोल, उत्कृष्ट भाइस क्याप्टेन तिर्सना मगर, अनुशासित विद्यार्थी मेरिना श्रेष्ठ, आर्टिष्ट विद्यार्थी कुसुम राई, हेल्पिङ विद्यार्थी सुमिता घिसिङ पनि सम्मानित भए । साथै, रेगुलर विद्यार्थी सोयुमा लिम्बू, छात्रतर्फ वेष्ट छात्र सरोज खत्री, वेष्ट कक्षा क्याप्टेन विद्यार्थी सुदेश कार्की, वेष्ट हाउस क्याप्टेन विद्यार्थी खुस्बु श्रेष्ठ, वेष्ट ह्याण्डराइटिङ विद्यार्थी सुदीक्षा राई, वेष्ट हेल्पिङ विद्यार्थी प्रमिला तिम्सिना, कोअपरेटिभ विद्यार्थी सुप्रिया राई घोषित भएको प्रिन्सिपल तुम्बापोले जानकारी दिए । 

nawadoya1

कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा–१० सम्मका विद्यार्थीले नृत्यकला, गायनकला, विज्ञानकलालगायतको प्रतिभा देखाएका थिए । युएन कलेजका क्याम्पस प्रमुखसमेत रहेका प्रिन्सिपल तुम्बापोले कोरोना कहरपछि अभिभावक र आफूहरुले विद्यार्थीको लुकेर रहेको प्रतिभा र कला हेर्न पाएकोमा खुशी व्यक्त गरे । आफ्ना विद्यार्थीहरु पढाइका साथै अतिरिक्त क्रियाकलापमा पनि अब्बल छन् भनेर कार्यक्रमबाट अभिभावकहरुको सामु प्रष्ट भएको पनि उनले बताए । अध्यक्ष ज्ञानेश्वर झा विद्यालय र कलेजस्तरमा गुणस्तरीय शिक्षामा कुनै कञ्जुस्याइँ नगर्ने उल्लेख गर्दै पठनपाठनमा निर्खार्दै अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीलाई अब्बल बनाउने बताए । 

सोही कार्यक्रममा ब्याडमिन्टन, चेस, लुँडो, स्पोन रेस, वाटर रेस, स्किपिङ, म्युजिकल चेयर, हट पोटयाटो, चकलेट रेस, बिस्कुट रेस, वेलुन रेस, बेलुन ब्लाष्ट, फायर इन माउण्टेन, जेरी रेस, म्याथ रेसलगायत खेलकुदका विविध गतिविधिमा प्रथम, दोस्रो र तेस्रो हुने छात्रछात्रालाई पुरस्कृत वितरण गरिएको थियो । 

nawodaya4

nawodaya3