धरान: आज नयाँ बर्षं २०७९ सालको पहिलो दिन अर्थात (बैशाख १) गते । आज बिहानैदेखि धरान १४ विजयपुरस्थित ऐतिहासिक तथा पौराणिक मठमन्दिरहरुमा तीर्थालु भक्तजनहरुको घुँइचो लागेको छ । 

नयाँ बर्षको पहिलो दिन भएको कारण बुढासुब्बा, दन्तकाली र पिण्डेश्वर मन्दिरमा दर्शन तथा पूजाअर्चना गर्न आउने भक्तजनहरुको घुँइचो लागेको हो । नयाँ बर्षको पहिलो दिन कुनै पौराणिक तथा धार्मिक महत्व नभए पनि आफ्ना आउदा दिनहरु राम्रो होस् भन्ने कामना गर्दै मठमन्दिरमा दर्शन गर्नेहरु धेरै आउने दन्तकालि मन्दिरका पूजारी विश्वराज खनाल बताउँछन् । उनले भने,‘नयाँ बर्षको पहिलो दिन देवीदेवताको आराधाना गर्ने र आउदा दिनहरु राम्रो होउन् भनेर कामना गर्ने चलन छ । त्यसैले आजको दिन भिड भएको हो ।’ 

baishak1,

बिहिबार बुढासुब्बा मन्दिरमा भक्तजनहरुको अत्यधिक भिड थियो । बुढासुब्बा मन्दिर व्यवस्थापन समितिका सदस्य सचिव एवं समाजसेवी उत्तम आले मगरका अनुसार दिउँसो १ बजेसम्म पनि दर्शनार्थीहरु थिए । उनी पनि धार्मिक महत्वले नभै बैशाख १ गते नयाँ बर्षको पहिलो दिन भएकोले भक्तजनहरु पूजा आराधारा गर्न आएको बताउँछन । ‘धार्मिक महत्वको हिसाबले होइन, नयाँ सालको पहिलो दिन भएकोले दर्शन गर्न, पुजा गर्न आउनेहरुको भीड भएको हो,’आले भन्छन् । 

तस्बिरहरु: सविता चाम्लिङ राई

baishak1,' 1

bhaishak-1,dantakali

bhaishak1,pindeswori