धरान: दुई बर्ष अघिनै रिलिजको तयारी रहेको नेपाली चलचित्र 'लक्का जवान' को प्रचार प्रसार सुरु भएको छ ।

 निर्माण भएको लगभग ३ बर्ष पछि यही बैशाख २३ गतेबाट नेपालभर एकसाथ चलचित्र लक्का जवान प्रदर्शनमा आउन लागेको हो । यतिबेला फिल्मको टिम प्रचार प्रसारमा होमिएको छ। पुर्वबाट प्रचार प्रसार सुरु गर्नको लागि चलचित्रका लेखक तथा निर्देशक शिवहरी पौडेल (मुखमा हान्नु जस्तो) र कार्यकारी निर्माता तथा कलाकार किरण केसी (राता मकै) प्रदेश १ का मुख्य शहरहरु धरान, इटहरी, बिराटनगर, दमक र बिर्तामोडमा पत्रकार भेटघाट तथा अन्य कार्यक्रमहरुमा सहभागी भएर काठमाडौं  फर्किएका छन् । 

सम्भवतः नेपाली चलचित्रमा पहिलो पटक प्रचार प्रसारको नयाँ शैली अपनाएर बिराटनगर विमानस्थल देखी इटहरीसम्म एक दर्जन अटो टेम्पोमा चलचित्रको ब्यानर राखेर दुई दर्जन चलचित्र पत्रकारहरु को साथमा र्याली आयोजना गरिएको स्ठानिय संयोजक चलचित्र पत्रकार संघ नेपाल सुनसरीले जनाएको छ । बिराटनगर बिमानस्थलबाट सुरु भएको र्याली इटहरी परिक्रमा पछि पत्रकार सम्मेलन भएको थियो । पत्रकार सम्मेलन धरान, इटहरी दमकमा आयोजना भएको थियो । 

laKKA

४० जना चर्चित परिचित कलाकार २ करोड माथि लगानी रहेको 'लक्का जवान'  २०७६ मै रिलिज मिति तोकिएको थियो तर कोभिडको कारण रिलिज हुन सकेको थिएन । तीन बर्ष अघी निर्माण भएको चलचित्र ३ बर्ष पछी रिलिज गर्दा कथा पुरानो हुँदैन भन्ने पत्रकारको जवाफमा पौडेलले लक्का जवान समय सापेक्ष बनेको हुनाले जहिले रिलिज गरे पनि कथा पुरानो नहुने बताएका थिए । 

फिल्ममा मदनकृष्ण श्रेष्ठ, किरण केसी, सरोज खनाल, सुशील पोखरेल, शिवहरी पौडेल, दीलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत, वर्षा सिवाकोटी, सुरेन्द्र केसी, जयनन्द लामा, अन्सुया श्रेष्ठ, अन्जु महर्जन, नरेन्द्र  कंशाकार, देशभक्त खनाल लगायतको अभिनय छ । फिल्मको कथा, पटकथा तथा संवाद निर्देशक पौडेल स्वयंको हो ।

   अन्सुया श्रेष्ठ निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा किरण केसी, शिवहरी पौडेल र दीलिप रायमाझी छन् । त्यस्तै, सह(निर्मातामा सुशील अर्याल, डेजी अर्याल, राजाराम पौडेल, राज केसी, सुरेन्द्र केसी र दीपेन्द्र खनियाँ रहेका छन् । पुरुषोत्तम प्रधानले खिचेको फिल्मलाई मित्र डि गुरुङले सम्पादन गरेका हुन् । फिल्मका गीतहरुमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । रिलिज ट्रेलर मा पारिवारिक कथालाई निर्देशक पौडेलले कमेडी जनरामा गज्जबले प्रस्तुत गरेका छन् ।