धरान: लागुऔषध मुद्दामा अदालतबाट कैद सजाय पाए पनि फरार रहेका धरानका एक व्यक्ति पक्राउ परेका छन् । 

प्रहरीका अनुसार धरान १९ साम्पाङ चौकका ४६ बर्षीय यज्ञबहादुर खड्का पक्राउ परेका हुन् । उनलाई लागुऔषध मुद्दामा जिल्ला अदालत सुनसरीले २०७८ पुष २३ गते कैद र जरिवाना फैसला गरेको थियो । 

प्रहरीका अनुसार अदालतले २ बर्ष ९ महिना १० दिन कैद र १ लाख रुपैया जरीवाना भएको थियो । खड्का भने फरार थिए । उनलाई १ नम्बर प्रदेशको प्रादेशिक अनुसन्धान समुहको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका खड्कालाई कैद भुक्तानको लागि कारागार चलान गरेको प्रहरीले जनाएको छ ।