धरान: बैशाख ३० गतेको स्थानीय तह निर्वाचनलाई लक्षित गरेर नेकपा एमालेले धरानमा यही बैशाख २४ गते चुनावी सभा गर्ने भएको छ।

धरानको भानुचोकमा हुने उक्त सभालाई सम्बोधन गर्न पार्टी अध्यक्ष केपी शर्मा ओली आउने भएका छन् । एमालेको निर्वाचन परिचालन कमिटीले बुधबार पत्रकार सम्मेलन गर्दै बैशाख २४ गते धरानको चुनावी सभालाई सम्बोधन गर्न पार्टी अध्यक्ष ओली आउने जानकारी दिएको हो । निर्वाचन परिचालन मुल कमिटीका संयोजक मुरारी सुवेदीले १२ बजे भेला हुने र १ बजेसम्म पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थित भएर सम्बोधन गर्ने जानकारी दिए । उक्त सभा अन्तिम चुनावी आमसभा हुने भन्दै सुवेदीले सबैभन्दा ठुलो र व्यवस्थित सभा हुने पनि बताए । 

नेता सुवेदीले विगतको ५ बर्षमा धरानमा एमालेबाट निवार्चित जनप्रतिनिधिहरुले समृद्ध धरान बनाउन पार्टीको शिर उठ्ने गरि, मतदाताको सम्मान हुने गरि र जनताको न्याय हुने गरि काम गरेको बताए । निर्वाचनको प्रतिवद्धता अनुसार ८० प्रतिशत काम सम्पन्न भएपनि उपनिर्वाचनमा एमाले नेतृत्व गुम्दा अढाई बर्ष धरानले गति लिन नसकेको पनि उनले बताए । निर्वाचन प्रचारप्रसार कमिटीका सहसंयोजक सहसंयोजक भिम राई ज्वालाले एमाले कम्युनिष्ट पार्टीको मुल प्रवाह भएको जिकिर गर्दै सञ्चारमैत्री भएको पनि बताए । 

भिडियो: