धरान: लोकतान्त्रिक बाम गठबन्धनका मेयर र उपमेयरका उम्मेद्वारहरुले शुक्रबार धरान १७ स्थित पटनालीमा मतदाताहरुसँग प्रत्यक्ष भेटघाट गरेका छन् ।

मेयरका उम्मेद्वार किशोर राई र उपमेयरका उम्मेद्वार अइन्द्रबिक्रम बेघासहितको चुनावी घरदैलो टोलीले पटनालीबासीहरुसँग भेटघाट गर्दै भोट मागेका हुन् । मतदाताहरुले पनि पटनालीको विकासको लागि महत्वपूर्ण भूमिका खेल्न आग्रह गरेका थिए । 

कांग्रेस नगर सभापति श्याम पोखरेलले अहिले एमाले विगतमा आफूले गरेको गल्तीहरुलाई सच्याउँदा सच्याउँदै दिन बिताइरहेको बताए । उनले भने,‘एमाले अहिले विगतमा आफुले गरेको गल्तीहरु सच्याउदै दिन बिताइरहेको छ । हामी राम्रा कामहरुको प्रचार गर्दै बाँकी रहेका कामहरुलाई अगाडि बढाउने गयरि लोकतान्त्रिक गठबन्धन लागेको छ ।’

घरदैलो कार्यक्रममा मेयरका उम्मेद्वार किशोर राईले पटनाली मात्र नभई धरानको विकास र समृद्धिको लागि गठबन्धनलाई विजयी गराउन मतदाता समक्ष अनुरोध गरे । साथै, उनले धरानलाई भ्रष्टाचारमुक्त बनाउन, जनअपेक्षा अनुसारको काम गर्न र धरानको विकासलाई दीर्घकालिनरुपमा अगाडि बढाउन पनि गठबन्धनलाई जिताउन आग्रह गरेका छन् ।