धरान: धातु व्यवसायी संघका अध्यक्ष माधव रञ्जितकारले सरकारले पेट्रोलियम पदार्थको भाउ बढाउदा व्यवसायीहरुसँगै आम उपभोक्ताहरु पनि चर्को मुल्यको मारमा परेको गुनासो गरेका छन् । 

संघको २० औं रक्तदान कार्यक्रम आयोजनाको क्रममा सोमबार क्लिकधरानसँग प्रतिक्रिया दिदै अध्यक्ष रञ्जितकारले सरकारको नीतिको कारण जनता मारमा परेको बताएका हुन् । उनका अनुसार व्यवासायमा धेरै कर तिर्नु पर्ने समस्या भएको छ भने व्यापार नहुदा पनि कर तिर्नुपर्दा व्यवसायीहरु मारमा परेका छन् । उनले भने, ‘साना व्यवासायीलाई छुट दिए पनि नहुदो रहेछ । साना व्यापारीलाई व्यवसाय गर्न गाह्रो छ । भाडा महंगो छ, ढुवानी महंगो भएको छ । यसको मार उपभोक्तालाई नै पर्छ ।’

blood1

सरकारले पेट्रोल, डिजेलको भाउ बढाइरहदा मारमा उपभोक्ता परेको उनले बताए । ‘ म पनि उपभोक्ता हुँ । म आफै धेरै मर्कामा छुँ, सरकारले ध्यानै दिएको छैन,’अध्यक्ष रञ्जितकारले भने,‘पेट्रोल, डिजेलको भाउ आजै बढायो, यसले अन्यको भाउ बढ्छ । ढुवानी बढ्छ । अन्य देशले अनुदान दिएर भाउ घटाउछ, तर नेपालमा बढेको बढेकै छ ।’ उपभोक्ता मारमा परेको सरकारले वास्ता नै नगरेको उनले बताए ।

अध्यक्ष रञ्जितकारका अनुसार धातु व्यवसायमा अहिले ९० प्रतिशतको हाराहारीमा सामानहरु विदेशबाट आयात हुने गरेको बताए । नेपालमा उत्पादन हुने कासलगायतको सामाग्रीहरुको माग कम भएको र मानिसहरुले विदेशबाट आयात गरिने सामानहरुको उपभोग गर्न थालेपछि नेपालका उद्योगहरु बन्द हुदै गएको उनले बताए ।

‘धरानमा उद्योग र कालीगढ छ तर पलायन भएर अन्य व्यवसायतिर लागेका छन् । कामको कमी छ, दाम पनि कमी छ, र बाध्य भएर अन्यत्र लागेका छन्,’उनले भने । धरानमा हाल ५२ जना जति धातु व्यवसायीहरु आवद्ध रहेको र केही आवद्ध हुन बाँकी रहेको पनि उनले बताए । किचनमा उपयोग हुने भाडालगायत सामानहरु बिक्री गर्नेे व्यवसायीहरुको भएको पनि अध्यक्ष रञ्जितकारले बताए । साउन महिनामा फुर्सदिलो हुने भएकोले कार्यक्रम बर्षेनी आयोजना हुने पनि उनले बताए । 

रक्तदान कार्यक्रम सम्पन्न

blood

उपचारको क्रममा रगत अभाव हुन नदिन श्री धातु व्यवसायी संघले धरानमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । संघले सोमबार धरानको भानुचोकमा बार्षिक कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरेको हो । संघको यो २० औं रक्तदान कार्यक्रम हो । रगतको अभावमा कोही पनि छटपटिन नपुगोस् भनेर कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक चन्द्र हलुवाईले बताइन् । रक्तदानमा २ दर्जनको हाराहारीमा संकलन भएको पनि उनले जानकारी दिइन् । 

भिडियो: