मोरङ: मोरङको रंगेली नगरपालिका १ बिर्ताबजारमा श्रीमतिलाई आगो लगाएर हत्या गरेको आरोपमा एक पक्राउ परेका छन् । 

प्रहरीका अनुसार पक्राउ पर्नेमा तिलका मल्लिक रहेका छन् । उनले शुक्रबार राती ८ बजे घरायसी विवादमा ३१ बर्षीया श्रीमती बबिता मल्लिकलाई जलाएका थिए । उनले श्रीमतिको शरीरमा मट्टीतेल छर्केर आगो लगाइदिदा गम्भीर घाइते भएकी थिइन् ।

घटना लगत्तै तिलका भने फरार थिए । गम्भिर घाईते भएकि बबिताको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा हिजो शनिबार बिहान मृत्यु भएको थियो । फरार भएका मल्लिकलाई ईलाका प्रहरी कार्यालय रंगेलीको टोलीले पक्राउ गरेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।