धरान: धरान १८ बुद्धचोकमा आमा छोरी मिलेर व्यवसाय शुरु गरेका छन् ।

स्थानीय समाजसेवी तथा व्यवसायी माया राई र उनकी छोरी सविना मिलेर लुलु लाउञ्ज खोलेका हुन् । सञ्चालिकाद्धयका अनुसार ३ करोड बढी लगानी भएको छ । शनिबार धरानका निवर्तमान मेयर तिलक राई, वडा नं १८ का वडाअध्यक्ष नरेन्द्रकुमार राई (प्रविण) र सञ्चालिक माया राईले संयुक्तरुपमा रिबन काटेर उद्घाटन गरेका थिए । 

lu lu

मेयर राईले नेपालीहरुको परम्परागत खानपानको सँस्कारलाई नयाँ शैलीमा व्यवसायमार्फत अघि बढाएको भन्दै व्यवसायिक सफलताको शुभकामना दिएका थिए । सञ्चालिका माया राईका अनुसार १४ जनाले रोजागरी पाएका छन् भने ८ जना कलेका विद्यार्थीहरु इन्र्टन छन् । काठमाण्डौंबाट दक्ष सेफ ल्याएको पनि उनले बताइन् । वृद्धवृद्धाहरुलाई टाढा जान नपरोस् भने बुद्ध चोक क्षेत्रमा नै मिठो परिकारको स्वाद दिलाउन पारिवारिक वातावरणमा लाउञ्ज खोलेको बताइन् ।  

lu lu2

छोरी सविनाका अनुसार शनिबारदेखि ५ दिन ओपनिङको बिशेष छुट दिइएको छ । मुस्ताङको आलु स्पेशल पाइने उनले बताइन् । कन्टिनेन्टल परिकार पनि बिशेष रहेको र भविष्यमा अन्य खानाका परिवार थपिने उनको भनाई छ । साथै, कफीका पारखीहरुको लागि पनि स्पेशल कफीको व्यवस्था रहेको पनि उनको भनाई छ । 

lu lu1

भिडियो: