धरान: पकुवा खोलाको प्राजेक्ट सफल भएपछि मेयर हर्क साम्पाङको योजना अनुसार निशाने खोलाको पानी संकलन गर्न जनश्रमदानको कार्य पनि शुरु भएको छ ।

आज आइतबार दिउँसो मेयर हर्क साम्पाङ आफै निशाने खोला र सर्दुको दोभानमा पुगेर इन्टेक र रिजर्ब वेयर निर्माण कार्यको शुरुवात गरेका हुन् । उनले इन्टेकको लागि गैतीले खाल्डो खनेर श्रमदानको काम शुरुवात गरेका थिए । उनले शुरुवात गरेपछि सचेत धराने समुहका युवाहरुसहित उपस्थित सबैले काम शुरु गरेका थिए । 

मेयर साम्पाङले निशाने प्राजेक्टको जिम्मेवारी दत्तकुमार लिम्बुलाई नै दिएका छन् । लिम्बुकै नेतृत्वमा यसअघि पनि पकुवाको पानीलाई धरान ल्याइएको थियो । मेयर साम्पाङले खेर गइरहेको निशाने खोलाको पानीलाई सानो इन्टेक बनाएर २ लाख लिटर क्षमताको रिजर्ब वेयरमा संकलन गरेर नगरबासीलाई वितरण गर्ने योजना ल्याएका हुन् । 

nisane1

उक्त रिजर्ब वेयरमा खर्दु खोलामा थप ३ वटा इन्टेक निर्माण गरेर पानी संकलन गर्न अध्ययन पनि भइसकेको छ । केही दिनअघि पनि उनी खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक राजु पोख्रेल, पुर्वाञ्चल क्याम्पसका मेकानिकल, इलेक्ट्रिकल र सिभिल विभागका प्रमुखहरुसहित अध्ययनमा पुगेका थिए । 

पकुवा, निशाने जस्ता खोलाहरुमा बर्षामा मात्र पानी हुने र हिउँदमा सुक्ने भएकोले मेयर साम्पाङको योजना टिकाउ खालको नभएको भन्दै आलोचना पनि भइरहेको छ । तर, मेयर साम्पाङ भने बर्षा याममा पनि खानेपानीको अभाव भइरहेको र पम्प चलाएर जमिन मुनिबाट पानी तान्दा विजुलीको धेरै खर्च हुने, पम्प मेशिन पनि बिग्रिदा एउटा बनाउन २ लाख बढी खर्च हुने भएकोले बर्षायाम भरि खोलाको पानी संकलन गरेर पम्प चलाउदाको खर्च जोगाउने आफ्नो उद्देश्य रहेको बताउँछन् । 

भिडियो:

nisane4

nisane3

nisane2