विराटनगर: मोरङको बिराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाटबाट लागुऔषधसहित धरानका एक व्यक्ति पक्राउ परेका छन् । 

प्रहरीका अनुसार पक्राउ पर्नेमा धरान ८ का ४० बर्षीय सन्तोष मानन्धर रहेका छन् । उनलाई आज दिनको साढे ३ बजे लागुऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

उनी भारतबाट नेपालतर्फ आउदै गरेको बेला प्रहरीले नाईट्रोसन ५० ट्याब्लेट सहित पक्राउ गरेको जानकारी दिएको छ । पक्राउ परेका मानन्धरबारे ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।