धरान:: प्रदेश १ स्तरीय अन्तर स्कुल मेजर श्रवणकुमार लिम्वु मेमोरियल डिपो बास्केटवल रनिङ्ग कपको सेमिफाइनलमा होलिल्याण्ड स्कुल, चिल्ड्रेन एकेडेमी, कार्मेल र टावर टेम्पल स्कुल बिर्तामोड स्कुल प्रबेश गरेका छन् ।

      बर्षाको कारण तेस्रो दिन पनि धरान १६ स्थित कर्भड हलमा खेलाइएको क्वाटर फाइनल खेलमा होलिल्याण्ड स्कुलले सगरमाथा स्कुललाइ ५२–२१ स्कोरले हरायो । यस्तै, चिल्ड्रेन एकेडेमीले केके स्कुललाई ४५–१८ स्कोरले हरायो भने कार्मेल स्कुलले लोटस स्कुललाई २१–१४ र टावर टेम्पलले सियोन स्कुललाई २५-१६ स्कोरले पराजित गर्दै सेमिफाइनलमा प्रबेश गरेको छ । पहिलो क्वाटरफाइनल खेलमा चिल्ड्रेन र सगरमाथा स्कुलले प्रत्यक क्वाटरमा ९–५, २०–६, ६–४ र १७-६ अंक जोडेको थियो । दोस्रो खेलमा चिल्ड्रेन र के के स्कुलले ८–२, १६–२, ११–४ र १०–१० अंक जोडेको थियो ।

basket1 1

तेस्रो क्वाटर फाइनल खेलमा कार्मेल र लोटस स्कुलले ७-१, ८-०, २-६ र ४-७ अंक जोड्यो भने अन्तिम खेलमा टावर टेम्पल र सियोन स्कुलले ३–२, ९–२, ६–२ र ७–१० अंक जोड्यो । भोली (बुधबार) हुने पहिलो सेमीफाइनल खेलमा चिल्ड्रेन एकेडेमीले कार्मेल स्कुल र दोस्रो सेमिफाइनल खेल होलिल्याण्ड स्कुलले टावरटेम्पल स्कुल बिर्तामोडसँग प्रतिस्पर्धा गर्नेछ ।

       प्रतियोगितामा धरान र धरानबाहिरका गरि १६ वटा विद्यालयले सहभागिता जनाएको थियो । प्रतियोगिताका विजेता टिमले नगद १५ हजार, उपविजेता टिमले नगद ७ हजार ५ सय रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरि प्रतियोगिताका उत्कृष्ट खेलाडी र हाइस्कोररले जनही नगद दुई हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल श्रावण २० गते हुने आयोजकले जनाएको छ ।

basket2 1