धरान: बराह सहकारी पीडित संघर्ष समितिका प्रवक्ता प्रदिप बास्तोला पक्राउ परेका छन् ।
उनलाई आज ईलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो । मेयर हर्क साम्पाङले संघर्ष समितिका संयोजक खगेन्द्र नेपाली र प्रवक्ता बास्तोलाविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । प्रहरीले जिल्ला अदालत सुनसरीबाट पक्राउ अनुमति लिएर बास्तोलालाई पक्राउ गरेको हो । संयोजक नेपाली भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
आइतबार छानबिन समितिको बैठकमा मेयर साम्पाङले मलाई सोधेर पैसा राखेको हो र ? भनेपछि पीडितहरु आक्रोशित भएका थिए ।संघर्ष समितिको अगुवाईमा मेयर साम्पाङ विरुद्ध नाराबाजी, गालीगलौजसँगै उनको कार्यकक्षको शिशा तोडफोड भएको थियो । त्यसविरुद्ध मेयर साम्पाङले प्रहरीमा जाहेरीमा दिएका थिए ।