धरान: गएको आइतबार बराह सहकारी पीडितहरुले आक्रोशित हुँदै मेयर हर्क साम्पाङविरुद्ध नाराबाजी मात्र गरेनन्, उनको कार्यकक्षको शिशा पनि फुटाए । उपमहानगर परिसरमा मेयरविरुद्ध चर्को भाषण गर्नेमध्येमा एक थिए, भूपू भारतीय सैनिक इन्द्र मादेन । आज (शुक्रबार) भने तिनै मादेन खानेपानीको पाइप सहयोग गर्न खानेपानी व्यवस्थापन बोर्डमा अन्य भूपूहरुसँगै पुगेका थिए । 

indian3

त्यहाँ पाइप हस्तान्तरण भइसकेपछि मादेनले आफुले आवेगमा आएर गलत अभिव्यक्ति दिएको भन्दै मेयर साम्पाङसँग माफीसमेत मागे । उनले मेयरसँगै आफ्नो अभिव्यक्तिले सम्पुर्ण नेपालीहरुमा चोट पुगेको भन्दै माफी मागेका थिए । मादेन आइतबार एक्कासी आवेगमा आएर मेयरविरुद्ध बोलेका थिए । तर उनी त्यसअघि भने पकुवा खोला खानेपानी प्रोजेक्ट र निशाने खोलामा नियमित श्रमदान गर्न पुग्ने मानिस हुन् । त्यसदिन आफु बैंकबाट उपमहानगरपालिका पुग्दा मेयरले मलाई सोधेर पैसा राखेको हो ? भनेर भन्यो भन्ने हल्ला सुनेपछि एक्कासी आवगेमा आएर बोलेको पनि मादेनले बताए । 

लाखौंको पाइप हस्तान्तरण

indian1

मेयर साम्पाङको खानेपानी अभियानलाई साथ दिदै धरानका भारतीय भूपू सैनिकहरु र हङकङमा रहेका धरानबासीहरुले लाखौं रुपैयाको पाइप सहयोग गरेका छन् । भारतीय भूपू धरान वडा नं ११ इकाई कमिटीको पहलमा ३ लाख ४ हजार १ सय ९ रुपैया बराबरको १० इञ्च खानेपानी पाइप हस्तान्तरण गरिएको सुकदेव राईले जानकारी दिए । उनका अनुसार कुल ३ लाख २१ हजार ९६६ रुपैया संकलन भएको थियो । पाइप खरिद गरेर उब्रेको पैसा श्रमदानमा खटिएकाहरुलाई खाजाको लागि प्रदान गरिने पनि उनले बताए । पाइप हस्तान्तरण कार्यक्रममा भारतीय भूपू सैनिकका केन्द्रीय अध्यक्ष कर्णेल विजयकुमार राईले पनि मन्तव्य व्यक्त गरेका थिए ।  

indian2

यस्तै, यसैगरी हङकङमा रहेका धरान र सुन्दुर हरैचाका १० जना मिलेर १ लाख ७४ हजार ३ सय रुपैयाँ रकम सङ्कलन गरी पठाएको र उक्त रकमबाट ७ वटा १० इन्चे पाइप खरिद गरेर हस्तान्तरण गरिएको समन्वयकर्ता सुरेन्द्र राईले जानकारी दिए । उनले सहयोग दाता १० जनाको नाम पनि पढेर सुनाएका थिए । 

यस्तै, धराने समूह हङकङले पनि १ लाख ५७ हजार रुपैया सहयोग गरेको र ३ वटा पाइप १ लाख १५ हजार बराबरको खरीद गरेर हस्तान्तरण गरेको छ । उब्रेको पैसाले डस्बिन दिइने पनि सचेत धराने समुहले जानकारी दिएको छ । मेयर साम्पाङले विकासप्रेमी, सभ्य र सचेत नागरिकहरुको प्रतिनिधित्व गर्न पाएको भन्दै खुशी व्यक्त गरे । आफ्नो प्रतिवद्धता अनुसार साथ, सहयोग भएको भन्दै उनले एक रुपैया पनि भ्रष्टचार नगर्ने आफ्नो प्रतिवद्धतामा अडिग रहेको उनले बताए । उनले धरान बसाउने र बनाउने नै भुपु भएकोले भुपु सैनिकलाई छोडेर, बिर्सेर अघि बढ्दा धरानको समुचित विकास हुन नसक्ने बताए । 

indian4

भिडियो: