धरान: नेपाल तरुण दल धरान नगर कार्यसमितिले वडा नं. १७ स्थित रेल्वेचौकमा बृहत रक्तदान गरेको छ ।  

शुक्रबार अन्र्तराष्ट्रिय यूवा दिवसको अबसरमा तरुण दल नगर कार्यसमितिले बृहत रक्तदानको कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रममा २ सय ५ (पिण्ट) जनाले रक्तदान गरेको तरुण दल धरानका सभापति नरसिंह राईले जानकारी दिए । सभापति राईले प्रदेश १ का ब्लड बैंकहरूमा रगतको चरम अभाव भइरहेका बेला तरुण दलले विरामीको उपचारमा सहजताका लागि अन्र्तराष्ट्रिय यूवा दिवसको अबसरमा बृहत रक्तदान आयोजना गरिएको बताए । 

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेपाली कांग्रेस प्रदेश एकका महामन्त्री  उमेश थापाले प्रदेश १ का ब्लड बैंकहरूमा रगतको चरम अभाव भइरहेको बेला तरुण दल धरान नगर कार्यसमितिले बृहत रक्तदानको आयोजना गरी ठूलो सहयोग पुर्याएको बताउँदै प्रशंसा गरे । कार्यक्रममा प्रदेशसभा सदस्य चन्द्रप्रसाद श्रेष्ठ(डिआईजि), महासमिति सदस्य एवं निवर्तमान नगर प्रमुख तिलक राई, कांग्रेस जिल्ला सचिव माधव घिसिङ, कांग्रेस सुनसरी क्षेत्र नं. १ का सभापति सुजेन्द्र तामाङ, क्षेत्र नं. १ (क) र (ख) का सभापतिद्धय अनिल श्रेष्ठ र मुरारी भट्टराई, कांग्रेस धरान नगर सभापति श्याम पोख्रेल, महासमिति सदस्य ममता योञ्जन लगायत नेताहरुले सम्बोधन गरेका थिए ।