धरान: जिल्ला अदालतबाट करिब ३ बर्षाअघि नै कैद र जरिवानाको फैसला भएपनि फरार रहेका धरान १५ का एक युवा पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय धरानका अनुसार पक्राउ पर्नेमा धरान १५ का २८ बर्षीय सिंगराज कार्की रहेका छन् । उनी लागुऔषध मुद्दाको फरार प्रतिवादी भएको डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिए । डिएसपी श्रेष्ठका अनुसार कार्कीको मुद्दामा सुनसरी जिल्ला अदालतले २०७५ असार ५ गते कैद र जरिवानाको फैसला गरेको थियो । 

अदालतको फैसला वमोजिम उनलाई २ बर्ष १० महिना २४ दिन कैद ठहर भएको थियो भने १ लाख २५ हजार जरिवाना तोकिएको थियो । फैसला भएपनि उनी फरार थिए । फरारको सुचीमा रहेका कार्कीलाई आज (आइतबार) करिब १० बजे धरान १ बाट पक्राउ गरेको डिएसपी श्रेष्ठले जानकारी दिए । उनलाई भोली (सोमबार) कैद तथा जरिवाना असुलको लागि सुनसरी जिल्ला अदालतमा पेश गर्ने पनि डिएसपी श्रेष्ठले बताए ।