धरान: धरान वडा नं ८ स्थित दुर्गापथमा शनिबार वृहत सरसफाई कार्यक्रम आयोजना भएको छ । 

दुुर्गापथ टोल विकास संस्थाको आयोजनामा वृहत सरसफाई कार्यक्रम भएको हो । उक्त कार्यक्रममा धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रबिक्रम बेघाको पनि बिशेष सहभागिता रहेको थियो भने सेवक अभियानको टोली पनि पदयात्रा गर्दै सरसफाई अभियानमा सहभागी भएका थिए । टोल सफा गर्न दुर्गापथका हरेक घरबाट सदस्यहरु सहभागी भएको आयोजकले जनाएको छ । 

durgapath

अध्यक्ष सुवास श्रेष्ठका अनुसार विगतदेखि सफा टोल विकास संस्था बनाउने उद्देश्य भएको र हाल आफु नेतृत्वमा आइसकेपछि अभियान शुरुवात गरेको बताए । उनले पहिलो योजना सरसफाई गर्ने, गमलामा वृक्षारोपण गरेर हरारभरा बनाउने राखेर कार्यक्रम गरिएको पनि बताए । उनका अनुसार अब हरेक महिनामा वृहतरुपमा सरसफाई अभियान गरिनेछ भने टोललाई क्षेत्रमा विभाजन गरेर हरेक साता आआफ्नो क्षेत्रमा कार्यक्रम हुनेछ । 

durgapath2

उपमेयर बेघाले सबै टोलहरुमा यस्तो अभियान शुरु भएमा नगर आफै सफा हुने बताए । यस्तो अभियान नियमितरुपमा हुनुपर्ने भन्दै उपमेयर बेघाले भने नीगितरुपमा निर्णय गरेर यस्तो अभियान टोल टोलमा संस्थागतरुपमा उपमहानगरले कार्यान्वयन गर्न ध्यान दिइने बताए । धरान ८ का टोल विकास संस्थाहरुको संयोजक दोर्पध्वज राईले यो अभियानले टोल सफा हुने, स्थानीयको सभ्यताको परिचयन पनि दने साथै भावनात्मकरुपमा जोडिने भन्दै प्रशंसा पनि गरे । 

भिडियो:

durgapath1

durgapath4