झापा: झापाको बाह्रदशी गाउँपालिका १ मा जंगली हात्तीको आक्रमणबाट एक जना वृद्धको ज्यान गएको छ । 
प्रहरीका अनुसार ८० बर्षीय देवि बहादुर अधिकारीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । हिजो बिहान १० बजे मनकामना सामुदायिक वनमा घाँस काट्न गएका अधिकारीलाई हात्तीले आक्रमण गरी घाईते बनाएको थियो । हात्तीको आक्रमणबाट घाईते भएका अधिकारीलाई उपचारको लागि धरान घोपा लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । 
 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
		


 
		 
		 
		 
		



