धरान: धरान आदर्श बोर्डिङ सेकेण्डरी स्कुलका ५ जना विद्यार्थीले कक्षा १२ मा ए प्लससहित धरान क्षेत्रमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको दाबी गरेको छ। 

धरान १ मा रहेको धरान आदर्शले विज्ञान सङ्कायमा ३ जनाले ए प्लससहित शतप्रतिशत नतिजा निकाल्न सफल भएको उक्त संकायका इन्चार्ज शोभित यादवले बताए । उनले भने, 'हामीले धरानमै उत्कृष्ट नतिजा ल्याएका छौं ।' विज्ञानमा १३२ जनाले परीक्षा दिएकोमा शतप्रतिशत नतिजा आएको पनि उनले बताए । 

त्यस्तै, व्यवस्थापनमा ३ सय जना विद्यार्थीले परीक्षा दिएकोमा २ जना ए प्लस नतिजासहित २७० जना उत्तीर्ण भएका छन् भने ३० जनाले ग्रेड वृद्धिको परीक्षा दिनुपर्ने भएको पनि उनले बताए । धरान आदर्शले विज्ञान र व्यवस्थापनमा ए प्लस ल्याउने साथै होटेल म्यानेजमेन्टमा पूर्वाञ्चल प्रथम भएका आफ्ना विद्यार्थीलाई सम्मान समेत गरेको छ। धरान आदर्श विज्ञान ब्लकमा आयोजित कार्यक्रममा बधाई ज्ञापन गर्दै सम्मान गरिएको उनको भनाई छ । यसअघि ३ पटक धरान आदर्श राष्ट्रिय परीक्षा बोर्डको नतिजामा उत्कृष्ट १० मा पर्न सफल भएको पनि यादवले बताए ।