विराटनगर: एसिया कप क्रिकेटमा सट्टेबाजी गरिरहेका ४ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । 

शुक्रबार राती करिब ८ बजे विराटनगर ११ मा क्रिकेटमा सट्टेबाजी भइरहेको भन्ने सुचनाको आधारमा छापा मारेर ४ जनालाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सट्टेबाजीमा प्रयोग गरिएको ४ थान मोवाईल र १८ हजार ५ सय रूपैया नगदसहित उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

पक्राउ पर्नेहरुमा विराटनगर ११ पिचराका ४२ बर्षीय राजेश ठाकुर, २८ बर्षीय रवि सहनी, ३४ बर्षीय नारायण श्रेष्ठ, र २३ बर्षीय अजय सहनी रहेका छन् ।