धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारको क्रममा एक वृद्धको मृत्यु भएको छ । 

प्रतिष्ठानका अनुसार धरान १२ का ६८ बर्षीय वृद्धको मृत्यु भएको हो । सहप्रवक्ता डा.चुडामणी पोखरेलले दिएको जानकारी अनुसार उनको राती १२ बजेर ५० मिनेटमा मृत्यु भएको थियो । मृतक मुटु रोगी र मृगौलाको पनि दीर्घ रोगी थिए । उनलाई कोभिड विरुद्धको दुवै डोज भ्याक्सिन पनि लगाइएको थियो । 

मृतकलाई हिजो (शुक्रबार) कोभिड पोजेटिभ पुष्टि भएको थियो भने हिजो नै उनलाई अस्पताल भर्ना गरिएको थियो । मृतकको शव नियम अनुसार व्यवस्थापन भइरहेको पनि प्रतिष्ठानले जनाएको छ ।