धरान: हिन्दीमा पनि डब भएको नेपाली फिल्म प्रेमगीत ३ आगामी असोज ७ गते रिलिज हुदैछ । नेपाली फिल्म विश्वका १५ सय बढी सिनेमा हलहरुमा एकैपटक रिलिज हुने इतिहास पनि यो फिल्मले बनाउदैछ । 

फिल्मको ट्रेलर युट्युबमा सार्वजनिक भएपछि निक्कै चर्चा बटुलेकोछ, र सबै ब्यग्र प्रतिक्षामा छन् । यो फिल्मको टिम अहिले प्रमोशनको क्रममा छन् । आइतबार निर्माता, गायक, कलाकारको टोली धरान आएको थियो । वरिष्ठ कलाकार सुनिल थापाले नेपाली फिल्महरु पनि उत्कृष्ट बनेको तर नेपाली दर्शकहरुले नै फिल्म नहेर्ने गरेको बतए । उनले प्रेमगीत ३ पछि नेपाली फिल्म उद्योगलाई अन्र्तराष्ट्रिय बजारमा पाउन शुरु भएको भन्दै खुशी पनि व्यक्त गरे । उनले भने,‘नेपाली फिल्म पहिलो पटक विश्वभर रिजिल भइरहेको छ । मेरो चाहना नै यही थियो, यो भयो धेरै खुशी छुँ । नेपालको नयाँ इतिहास बनेको छ ।’

थापाले ए नेपाली फिल्म त हो नि भनेर नहेर्ने दर्शकहरुले पनि यसपाली प्रेमगीत ३ हेरिदिन आग्रह गरे । ‘यो फिल्म साच्चै हेर्न लायक बनेको छ । यो नेपालको फिल्म उद्योगको लागि ठुलो उपलब्धी हो,’उनले भने,‘नेपाली फिल्म हेर्ने दर्शकहरु घटिरहेको छ, झुर फिल्म भएर होइन । ए नेपाली फिल्म त हो नि भन्ने धारणाले गर्दा हो । अब नेपाली फिल्म पनि अन्र्तराष्ट्रिय बजारमा जादैछ, यो फिल्म सबैले अवश्य हेर्नुहोला ।’ प्रमोशनको लागि कलाकार थापासँगै कार्यकारी निर्माता चक्रबहादुर चन्द, कलकारहरु मनिष राउत, प्रेम पुरी, प्रताप दास र असिस्टेन्ट डिरेक्टर सुदिप पौडेल पनि धरान आएका थिए । 

भिडियो: