धरान: रोटरी क्लब अफ धरानले टिच कार्यक्रम अन्तर्गत धरान १२ स्थित सिटी कलेजमा कार्यक्रम सम्पन्न गरेको छ ।

रोटरी क्लब अफ धरानका अध्यक्ष राजेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सिटी कलेजका ५५ जना छात्रछात्राहरु सहभागी रहेका थिए । विद्यार्थीहरुलाई पढाई पछि के गर्ने ? कसरी उद्यमशिल बन्ने ? बैंकिङ क्षेत्रमा अवसरका क्षेत्रहरु के के छन् ? विमा क्षेत्रमा कसरी अगाडि बढ्न सकिन्छ ? भन्ने विषयहरुमा रोविन श्रेष्ठ, आयुष्मा शाक्य र सरिता न्यौपानेले सहजीकरण गरेको कार्यक्रम संयोजक दिभा श्रेष्ठले जानकारी दिइन् । 

क्लबले हरेक वर्ष टिच कार्यक्रम अन्तर्गत विभिन्न शैक्षिक गतिविधीहरु सञ्चालन गर्दे आईरहेको छ । सोही क्रममा यस वर्ष पनि शिक्षासँग सम्बन्धित प्रौढ शिक्षा संचालन र विभिन्न शिक्षासँग सम्बन्धित तालिमहरु संचालन गरिहेको छ । त्यसैगरी वाल विकास र हेप्पी चाईल्ड कार्यक्रमहरु पनि छिट्टै गर्न लागेको टिच कार्यक्रमका संयोजक विनयलाल श्रेष्ठले बताए । 

यसैबीच, रोटरी क्लब अफ धरान र सिटी कलेज, धरानबीच विभिन्न शैक्षिक तथा महिला सशक्तीकरण सम्बन्धी तालिम, कार्यक्रमहरुको आयोजना गर्न लिखित सम्झौता गरेको छ । रोटरी र सिटी कलेजबीच ५ वर्षे लिखित सम्झौता भएको कलेजका अध्यक्ष आशिष मास्केले जानकारी दिए । कलेज र संस्था बिचको सम्झौताले गुणस्तरीय शिक्षा र महिला सशक्तीकरण अभियानमा सकारात्मक परिणाम ल्याउन सम्झौताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने क्लबका प्रेसिडेन्ट ईलेक्ट दिनेश श्रेष्ठले बताए । उक्त कार्यक्रममा कलेजका उपाध्यक्ष राजुमान श्रेष्ठले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए ।