धरान: सुनसरी प्रहरीले एकै दिन ६१ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बिशेष टोली गठन गरेर फरार प्रतिवादीहरु पक्राउ गर्ने अभियान चलाइएको थियो । विभिन्न मुद्दाका फरार ६१ जना प्रतिवादीहरुलाई आज (मंगलबार) जिल्ला अदालतमा बुझाइएको पनि प्रहरी निरीक्षक दलकुमार राईले जानकारी दिएका छन् । 

प्रहरीका अनुसार आर्थिक बर्ष २०७९÷८० को दुई महिना अवधिमा नै अदालतबाट कैद तथा जरिवाना तोकिएका १३० जना पक्राउ भइसकेको छ । उनीहरुबाट २६ बर्ष ८ महिना ३ दिन कैद र ४ लाख २० हजार ३४ रुपैया जरिवाना पनि असुल भएको प्रहरीले जनाएको छ ।