धरान:याक्थुङ लिम्बुहरुको मौलिक संस्था युमा सम्यो महासभाको प्रथम महाधिबेशन धरानमा सम्पन्न भएको छ । 

असोज १ देखि ३ गतेसम्म भएको महादिवेशनले याक्थुङ लिम्बुहरुको मुन्धुमी स्थल, साँस्कृतिक तथा ऐतिहासिक स्थलहरुको संरक्षण, सम्र्बद्धन गर्ने घोषणा गरेको छ । यस्तै, ऐतिहासिक येत्हाङ पाङफे निमार्ण गर्ने, लिम्बुहरुलाई युमा साम्यो अन्र्तगत एकताबद्ध गर्दै समग्र याक्थुङहरुको मौलिक धर्म, सस्कार, सस्कृतिको संरक्षणका लागी अभियान सञ्चालन गर्ने घोषणा पनि महाधिवेशनले गरेको छ । 

सोही महधिवेशनले देबेन्द्र कुमार बनेमको अध्यक्षतामा ३९ सदस्यीय केन्द्रीय समिति समेत चयन गरेको छ । समितिको उपाध्यक्षहरुमा लक्ष्मण मेन्याङ्बो, हर्क सुब्बा इजम, मान बहादुर सिरेङ, एस बि ताप्मादेन, गिता फाक्लेछुवा चयन गरेको छ भने महासचिवमा डा।.रमेश इजम। उप महासचिव भिमसेन लिङ्दम, युबाहाङ तुम्बाहाङ्फे चयन गरेको छ । यस्तै, सचिबमा भिम केदेम, सन्तोस कुरुम्बाङ, कोषाध्यक्षमा देबेन्द्र थेगिम, सह कोषाध्यक्ष सीता तुम्बाहाङ्फे पनि महाधिवेशनले चयन गरेको छ । 

यसैगरि, सदस्यहरुमा प्रेम कुमार पतङ्वा तेह्रथुम, लोक मान स्रेङ सङ्खुवासभा, जगत प्र योङ्हाङ इलाम, दिल कुमार आङ्देम्बे इलाम, कुल ब मादेन खेवा धनकुटा, पदम चेन्जी माबो काठमान्डौ, पि के थलङ÷मन कु ताप्लेजुङ, बाल कु फुरुम्बो ताप्लेजुङ, राजेन्द्र अन्छङ्बो ताप्लेजुङ, प्रेम सुहाङ पाचथर, सुर्य योङ्हाङ पाचथर, डिल्ली सिगु पाचथर, राज कु खुदाङ मोरङ, ललित इजम झापा, सरोज सिङ लक्सम झापा, नेत्र सावादेन सुनसरी, दिल कु सिरेङ सुनसरी, भिम वनेम सुनसरी, सन्छ बिर नाल्बो सुनसरी, देब इजम सुनसरी, बिरान इजम सुनसरी, हितराम तिल्लिङ सुनसरी, पदम मादेन सुनसरी, भक्त मुसाहाङ सुनसरी, रमेश माबोहाङ, गणेश पङथाकलाई पनि सदस्यमा निवार्चित गरेको छ । 

महासभाको महाधिवेशन असोज १ गतेबाट धरानको हरीयाली सामुदायिक भवनमा भएको थियो । महाधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथि प्रदेश नं. १ का उद्योग, श्रम तथा रोजगार मन्त्री प्रताप प्रकाश हाङगाम रहेका थिए । उनले आफ्नो मौलिक धर्म, सस्कार र सस्कृतिलाई संरक्षण गर्न आफै लागी पर्नुपर्ने र याक्थुङ लिम्बुहरुको खास मौलिकता युमा साम्योले मात्र संरक्षण गर्न सक्ने समेत बताएका थिए । महाधिवेशनमा ताप्लेजुङ, तेह्रथुम, पाचथर, इलाम, झापा, मोरङ, संखुवासभा, धनकुटा, काठमान्डौ लगायत विदेशका विभिन्न मुलुकहरु बाट प्रतिनिधि तथा पर्यवेक्षकहरुको उपथिति रहेको थियो ।