झापा: प्रहरीले झापाबाट ४ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा मेचीनगर नगरपालिका ६ बाट १ जना र बिर्तामोड नगरपालिका ५ बाट ३ जना रहेका छन् । उनीहरुलाई हिजो मंगलबार अपरान्ह साढे ४ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकारभिट्टाको टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसा रामेछाप नगरपालिका ८, रामेछापका ३० बर्षीय बिजय लामालाई ब्राउन सुगरसहित पक्राउ परेका छन् । भारतबाट नेपाल तर्फ पैदल आउदै गरेका उनलाई शंकालागि चेकजाँच गर्दा साथबाट ७५ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । 

यसैगरी, ईलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्युरो काँकारभिट्टाको प्रहरी टोलीले बिर्तामोड ५ बाट माई नगरपालिका २ इलामका २२ बर्षीय केबिन्द्र गोले, २७ बर्षीय गोम्वु दोर्जे गोले र फाल्गुनानन्द गाउँपालिका ५ पाँचथरका ३२ बर्षीय सन्त लिम्वुलाई १३ ग्राम ब्राउन सुगर सहित पक्राउ छ । ब्राउन सुगरसहित पक्राउ परेका सबैबारे अनुसन्धान भइरहेको झापा प्रहरीले जनाएको छ ।