धरान: जनप्रतिनिधिसँगै स्थानीय उपभोक्ताहरुले विरोध जनाएपछि मेयर हर्क साम्पाङले शिवजट्टाको योजना छोडेर भालुखोलाबाट पानी ल्याउन सहमत भएका छन् । 

उपभोक्ताहरुले शिवजट्टा जाने बाटोको मुख शिवधारामा आज (बिहिबार) बिहान भेला भएर निर्माण सामग्री लैजान अवरोध गर्दै विरोध जनाएपछि मेयर साम्पाङले असन्तुष्ट उपभोक्ता समिति र जनप्रतिनिधिहरुलाई कार्यकक्षमा छलफलमा बोलाएका थिए । उक्त छलफलमा मेयर साम्पाङले आफु स्थलगत निरिक्षणमा जादा खोलामा पानीको इन्टेक वा पाइप नदेखेकोले शिवजट्टाबाट पानी ल्याएर वडा १५ लाई वितरण गर्ने योजना कार्यान्वयन गर्न अघि बढेको बताएका थिए ।

bhalu-khola3

तर, उपभोक्ता समितिका पदाधिकारीहरु र वडाअध्यक्षहरुले बर्षामा बाढीले पाइप बगाउने भएकोले भिरतर्फ जरुवा पानी संकलन गरेर पाइपमार्फत लैजाने गरेको कारण नदेखेकोले आफुहरुसहित स्थलगत निरिक्षणमा गए देखाउने अडान राखे । त्यसपछि मेयर साम्पाङले उपभोक्ता समितिमार्फत पानी उपभोग गरिरहेकाहरु पनि आफ्नै जनता भएकोले त्यस्तो देखिएमा कसैले उपभोग गरिहेको मुहान क्षेत्रभन्दा माथिबाट पानी नलैजाने बताएका थिए । साथै, मुहान क्षेत्रभन्दा तल स्थानीय उपभोक्ताहरुले सुझाव दिएअनुसार भालुखोलाबाट वडा १५ लाई पानी लैजान आफु तयार भएको बताएपछि वडाका जनप्रतिनिधिहरु र उपभोक्ताहरु खुशी भएका थिए भने वडा ४ र १४ का वडाअध्यक्ष, उपभोक्ताहरुले श्रमदान गर्न आउने प्रतिवद्धता जनाएका थिए । 

bhalu-khola1

लगत्तै मेयर साम्पाङ इञ्जिनियर तथा खानेपानी बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलसहित स्थानीय उपभोक्ता, जनप्रतिनिधि लिएर सेउती हुदै भालुखोला मुहान निरिक्षणमा पुगेका थिए । उपभोक्ताहरुले पानी लगेको मुहान भेटिएपछि त्यो भन्दा तल भालुखोलबाट नै पानी लैजाने कार्य शुरु गर्ने मेयर साम्पाङले बताए । उक्त क्षेत्रमा भोली शुक्रबारदेखि नै काम शुरु गरिने पनि मेयर साम्पाङले बताए । यसको लागि आवश्यक पर्ने खानेपानीको पाइप बिहिबार नै ढुवानीसमेत गरिएको छ । 

bhalu-khola2

भिडियो: