धरान: बिद्यार्थीहरुको शिप तथा क्षमता बिकास गर्ने उद्देश्यले धरानमा कार्तिक २२ गतेदेखी तीन हप्ते कलिनरी वर्कसप २०७९ हुने भएको छ ।

धरान इन्टरनेशनल कलेज अफ होटेल म्यानेजमेन्टको आयोजना तथा स्विस कन्ट्याक्टको संयोजनमा धरान १८  बुदचोकस्थित कलेजमा उक्त वर्कशप हुने भएको हो । कलेजले आज पत्रकार सम्मेलन गरेर वर्कसप आयोजनाबारे जानकारी दिएको हो । वर्कसपमा कलेजका ४२ जना बिद्यार्थीहरुको सहभागिता रहने कार्यक्रम संयोजक सन्जिब बान्तावा राईले जानकारी दिए । उनका अनुसार तालिममा सहभागीहरुलाई स्विजरल्यान्डका एक्जुकेटिभ सेफ गुनथर्ड नट्जले प्रशिक्षण दिनेछन् । वर्कसपमा १५ दिन तालिम पछि प्रयोगात्मक कार्यशाला पनि हुने उनले जानकारी दिए । 

वर्कसप हरेक ६/६ महिनामा आयोजना गरेर निरन्तरता दिइने कलेजका प्रमुख कार्यकारी निर्देशक लोकेन्द्र श्रेष्ठले बताए । बिद्यार्थीहरुलाई यसखालको वर्कसप लिन महँगो खर्चमा नेपाल बाहिर जानुपर्ने बाध्यता हटाउनलाई वर्कसप सुरु गरिएको श्रेष्ठको भनाई छ । वर्कसपमा सहभागी बिद्यार्थीहरुलाई इटालियन फुड, कन्टिनेन्टल कुजिन, किचन हाइजिनिङ, फुड डेकोरेसन, फुड स्टोरेज लगायत सिकाइने आयोजकले जनाएको छ ।