धरान: प्रहरीले सुनसरीबाट अवैध गाँजा र नगदसहित २ जनालाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार गए राती करिब १ बजेर ५५ मिनेटमा इटहरी ४ का मनिष दर्नाल र योगेन्द्र बजगाई पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालयका सुचना अधिकृत राजकुमार राईका अनुसार उनीहरुलाई बराहक्षेत्र नगरपालिका ११ मधुवनस्थित भित्रि सडक खण्डबाट पक्राउ गरिएको हो । प्रहरी चौकी मधुवनको प्रहरी गस्ती टोलीले शंका लागेर बा ११ च ३०४२ नम्बरको बलेरो चेकजाँच गर्दा गाँजा फेला परेको प्रहरीले जनाएको छ । 

gaja,

सुनसरी प्रहरीका अनुसार उक्त गाडीको सिटमा राखिएको ७ वटा प्लाष्टिकको बोरामा १७५ केजी गाँजा वरामद भएको छ । यस्तै, १ लाख १ हजार ४२५ रुपैया पनि उनीहरुबाट वरामद भएको प्रहरीले जनाएको छ । दुवै जनालाई पक्राउ गरेर जिल्ला अदालत सुनसरीबाट ७ दिनको म्याद थप पनि भएको प्रहरीले जनाएको छ । साथै ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।