धरान ः सुनसरी क्षेत्र नं १ बाट नवनिवार्चित प्रतिनिधिसभा र प्रदेशसभा सांसदहरुलाई मेयर हर्क साम्पाङ राईले बधाई दिएका छन् ।

सोमबार धरान ८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मेयर साम्पाङले निवार्चित सांसदहरुलाई बधाई दिएका हुन् । प्रतिनिधिसभामा अशोक राई, प्रदेशसभामा रमेश बस्नेत र विजयकुमार राई निवार्चित भएका छन् । मेयर साम्पाङले मतपरिणामबाट आफु खुशी भएको र जनताको जित भएको प्रतिक्रिया दिए । धरानको विकासको लागी सांसदहरुसँग सहकार्य गरेर अघि बढ्ने पनि उनले बताए । 

final1

धरानका जनताको विभिन्न समस्यहरु रहेको र ती समस्या हल गर्न संघ र प्रदेशका सांसदहरुले सम्बोधन गर्ने पनि उनले अपेक्षा व्यक्त गरे । मेयर साम्पाङले भने, ‘जनताको रोजाई नै उत्कृष्ट हो । जनताको जीत भएको छ, खुशी छुँ । धराने जनताको विभिन्न समस्याहरु छन्, ती समस्यहरुलाई सटिक तरिकाले सम्बोधन गर्ने गरि अभिभावकाहरु पाएका छौं ।’

भिडियो: