धरान: १७ औं ललित अम्वर डिपो कप प्रतियोगितामा इष्टर्न एकेडेमी र नेपाल पुलिस फाइनल प्रवेश गरेको छ । 

बुधबार भएको सेमिफाइनलमा इस्टर्नले धरान लिगामेन्टलाई टाइव्रेकरमा ४–३ र नेपाल पुलिसले हिमशिखर तरहरालाई ४–० गोलको अन्तरले पराजित गर्दै उपाधि भिडन्तमा फाइनल पुगेका हुन् । इस्टर्न एकेडेमी र धरान लिगामेन्टबीच भएको खेलमा निर्धारित समयमा दुवैतर्फ गोल हुन नसकेपछि खेल टाइव्रेकरमा धकेलिएको थियो । 

लेट दिलवहादुर प्लेट च्याम्पियन तर्फको सेमीफाइनल खेलमा विजयी हुदै एक्वा स्कुल र वराह राइजिङ्ग चतरा फाइनल पुगेको छ । प्लेट तर्फको सेमिफाइनल खेलमा एक्वा स्कुलले हिविकस स्कुललाई ३–० ले हराउदै फाइनल पुग्यो भने वराहले दिल्ली पव्लिकलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । डिपो कप तर्फको वुधवार भएको सेमिफाइनल खेलमा धरान लिगामेन्टका हाङगेन लिम्वु र हिमशिखरका प्रमिस मगर म्यान अफ द म्याच घोषित भए । उनीहरुले ट्रफि र प्रमाणपत्र प्राप्त गरे ।