धरान: धरानको समग्र विकास र हितको लागि काम गदैं आएको धरान सरोकार समाज काठमाडौंले सुनसरी क्षेत्र नं. १ बाट विजयी सांसदहरुलाई स्वागत तथा सम्मान गरेको छ । 

बुधबार साँझ धरानमा एक कार्यक्रमको आयोजना गरि सुनसरी क्षेत्र नं. १ प्रतिनिधी सभखभ सदस्यमा निवार्चित अशोककुमार राई, प्रदेश सभामा विजयी रमेशकुमार बस्नेत र विजयकुमार राईलाई समाजले स्वागत तथा सम्मान गरेको हो । समाजका अध्यक्ष श्रेष्ठले सांसदहरुलाई सम्मान गदैं धरानको विकासमा संस्थासँग सहकार्य गरेर अगाडि बढ्न सुझाव दिए । उनले विगतमा सुनसरी क्षेत्र नं. १ बाट विजयी सांसदहरुसँगको सहकार्यमा धरानमा धेरै योजनाहरु आएको बताउदैं नयाँ सांसदसँग पनि सहकार्य गरेर धरानको विकास गर्ने बताए ।

dss

प्रतिनिधी सभा सदस्य अशोककुमार राईले पूर्वसांसदहरुले धरानको विकासको जग बसाएको बताउदैं त्यसलाई पुरा गर्न आफ्नो भूमीका हुने बताए । धरान सरोकार समाजसँग सहकार्य गरेर काम गर्ने पनि उनले प्रतिवद्धता जनाए । प्रदेश सभा सदस्य रमेशकुमार बस्नेतले आफुहरु यस क्षेत्रको विकास र जनताका सुविधाका लागि काम गर्न गएको बताउदैं आफुहरुको काममा खवरदारी र सरोकारवालाहरुको सुझावमा चासो रहेको बताए ।

अर्का प्रदेश सभखभ सदस्य विजयकुमार राईले पनि सबैसँग सहकार्य गरेर यसक्षेत्रको विकासमा भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा पूर्वमन्त्री मीन विश्वकर्माले नवनिर्वाचित सांसदहरुलाई बधाई तथा शुभकामना दिदै सबैसँग सहकार्य गरे अगाडि बढ्न सुझाव दिए । कार्यक्रममा संविधान सभाका सदस्यहरु कृष्णकुमार राई, किरणकुमार राई, समाजसेवी सरला कायस्था, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व रेक्टर प्राडा विक्रम प्रधानलगायतको उपस्थिति रहेको थियो । समाजका अध्यक्ष प्रभु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रम समाजका सल्लाहकार भीमज्वाला राईले गरेका थिए ।