धरान: २२ औं आहा रारा पोखरा गोल्डकप खेल्न धरान फुटबल क्लबको टोली पोखरा प्रस्थान गरेको छ । 

धरानका खेलाडीहरुलाई मंगलबार मेयर हर्क साम्पाङले धरान फुटबल क्लबमा आयोजित कार्यक्रममा विदाई गरेका थिए । मेयर साम्पाङले खेलाडीहरुलाई जितेर आउन शुभकामना व्यक्त गर्दे खेलकुदको विकासको लागि उपमहानगरपालिकाले योजना र कार्यक्रम ल्याउने बताए । 

धरानको खेल बिहिबार उद्घाटन खेलमा आयोजकसँग रहेको छ । धरानको टिमका मुख्य प्रशिक्षक सागर घिमिरे छन् भने क्याप्टेन पुर्वराष्ट्रिय खेलाडी सुरज बिक रहेका छन् । पुर्वराष्ट्रिय खेलाडी प्रकाश बुढाथोकी पनि टिममा रहेको क्लबले जनाएको छ ।

भिडियो:

dfc