धरान : अन्तर विद्यालयस्तरीय मेयर कप फुटबल प्रतियोगितामा धरान मेघा हिमालयन स्कुल च्याम्पियन भएको छ । 

सोमबार धरान १६ स्थित रंगशालामा आयोजित फाइनलमा धरान १८ स्थित माउण्ट हर्मोन एकेडेमीलाई ३–0 गोलअन्तरले हराउदै मेघा हिमालयन च्याम्पियन भएको हो । मेघालाई च्याम्पियन बनाउन सुगम लिम्बु, सुबास मगर र अन्कित थापाले गोल गरेका थिए । 

खेलको १० औं मिनेटमा कप्तान सुगम लिम्बुले गोल गर्दे मेघालाई अग्रता दिलाएका थिए । लगत्तै १२ आंै मिनेटमा सुवासले गोल गर्दै पहिलो हाफमा मेघालाई २–० को अग्रता दिलाए । दोस्रो हाफको २४ औं मिनेटमा अन्कितले गोल गर्दै मेघाको जित सुनिश्चित गरेका थिए । च्याम्पियन धरान मेघाले ट्रफीसहित नगद ३० हजार पुरस्कार हात पारेको छ भने उपविजेता माउण्ट हर्मोनले नगद २० हजार थापेको छ । 

mayor-cup1

फाइनल खेलको म्यान अफ दि म्याच धरान मेघाका पवन तामाङ घोषित भए भने प्रतियोगिताको उत्कृष्ट खेलाडी धरान मेघाकै सुगम जिमी घोषित भए । यसैगरि, प्रतियोगितामा ७ गोल गरेका धरान मेघाकै अंकित थापाले हाइ स्कोररको पुरस्कार हात पारे भने बेष्ट डिफेन्स माउण्ट हर्मोनका उज्वल चौधरी, बेष्ट गोलकिपर मेघाका राजिव खड्का र बेष्ट मिडफिल्ड मेघाकै सविनय चौधरी घोषित भए । 

mayor-cup2

विजेता र उपविजेता टिमका खेलाडी तथा व्यक्तिगत पुरस्कार विजेताहरुलाई प्रमुख अतिथि एवं एन्फा मानार्थ केन्द्रीय वरिष्ठ उपाध्यक्ष किशोर राई, बिशेष अतिथि एवं मेयुरु हर्क साम्पाङ, वडा १६ का अध्यक्ष मुरारी भट्टराई, वडा १४ का अध्यक्ष कृष्ण भट्टराई, वडा १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण), एन्फा जिल्ला अध्यक्ष दिपक राईलगायतले पुरस्कार वितरण गरेका थिए ।

भिडियो :

mayor-cup4

mayor-cup6

mayor-cup7

mayor-cup9

mayor-cup11

mayor-cup10

mayor-cup8

mayor-cup15

mayor-cup13

mayor-cup14

mayor-cup12