धरान: धराने युवाहरुको साङ्गीतिक समुह एजिज व्याण्डले आफ्नो दोस्रो प्रस्तुती उडि जाउ गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ ।

    व्याण्डले आफ्नो अफिसियल युट्युव च्यानल एजिज व्याण्ड वाट म्युजिक भिडियो सार्वजनिक गरेको हो । उडि जाउ गीतमा स्वर, शव्द र संगीत व्याण्डका भोकलिस्ट मनकुमार लिम्वुको रहेको छ । यसै गरि गीतारमा श्रीहाङ राई, वेस गिटारमा मनाहाङ राई र ड्रममा अर्जुन लिम्वु रहेको छ ।

विरान लिम्वु र इन्द्र भुजेलले संयुक्त रुपमा निर्देशन गरेको म्युजिक भिडियोमा व्याण्डका गितारिस्ट श्रीहाङ राई र मोडल काजल श्रेष्ठको अभिनय रहेको छ । धरान उपमहानगरपालिका क्षेत्र वरिपरि गरिएको छायंकनमा क्यामेरा एनजि स्टुडियोले गरेको हो । यसअघि व्याण्डले वचाइ देउ गीतको म्यिुजिक भिडियो सार्वजनिक गरिसकेको व्याण्डका म्यानेजर आइमान राईले वताए । 

भिडियो: