धरान: प्रदेश नं १ मा सडक दुर्घटनाको विगत ३ बर्षको तथ्यांक हेर्दा ८० प्रतिशतको दरले वृद्धि भएको इटहरीस्थित १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

सोमबार धरानमा यातायात व्यवस्थापन गर्न आयोजित छलफलमा ट्राफिक प्रहरी प्रमुख तथा एसपी श्यामकुमार महतोले प्रदेशको सडक दुर्घटनाको तथ्यांक प्रस्तुत गर्दै यो जानकारी दिएका हुन् । उनका अनुसार सडक दुर्घटनामा हुने मृत्युदर पनि २६ प्रतिशतले बढेको छ । प्रदेशभर दुर्घटनाबाट तीन बर्षअघि ३३२, २ बर्षअघि ४४४ र गत बर्ष ५३१ जनाको मृत्यु भएको पनि उनले बताए । उद्यपी, पछिल्लो समय विभिन्न सचेतना अभियान सञ्चालनको कारण कमी आएको उनको दाबी थियो ।

प्रदेश १ मा दुर्घटनाको सबैभन्दा बढी जोखिम झापा, मोरङ र सुनसरीमा रहेको पनि मेहताले जानकारी दिए । यी तीन जिल्लामा दुर्घटना र मृत्यु २५/२५ प्रतिशतको दरले रहेको छ भने बाँकी २५ प्रतिशत अन्य ११ जिल्लामा हुने गरेको छ । दुर्घटना हुने कारण सचेतना नभएर नभै स्वअनुशासन र ट्राफिक नियम पालना नहुनु रहेको पनि एसपी महतोले बताए । ट्राफिकले जरिवाना गरेका व्यक्तिहरु कोही बिए पास, कोही अधिकृत, कोही स्कुलको हेडमास्टरलगायत सचेत व्यक्तिहरु नै भएको उनले बताए । ‘त्यसैले चेतना नभएर होइन, नियमलाई पालना नगर्दा दुर्घटना भएको छ,’उनले भने ।

traffic-yata

दुर्घटना हुँदा सबै भन्दा बढी ५७ प्रतिशत मोटरसाइकलसँग सम्बन्धित रहेको पनि ट्राफिक प्रहरीले जनाएको छ । एसपी मेहताका अनुसार मोटरसाइकल र साइकल, मोटरसाइकल र पैदल यात्रु, मोटरसाइकल र ट्याक्टर, मोटरसाइकल र बस, मोटरसाइकल र ट्रिपरको दुर्घटना हुने गरेको छ । दोस्रोमा इ रिक्सा र अटोले १६.४ प्रतिशत, कार जिपले १०.८ प्रतिशत, ट्रक, ट्रिपर र ट्याक्टरको ५.८ प्रतिशत दुर्घटनामा जिम्मेवार छ भने ट्यांकर र डोजर ४ं.७ प्रतिशत, बस र माइक्रो ४.४ प्रतिशत दुर्घटनामा जिम्मेवार रहेको पनि मेहताले बताए । 

गत बर्षको ३८ सय दुर्घटनालाई केलाउदा ९० प्रतिशत कारण मान्छे अर्थात चालक रहेको पनि मेहताले बताए । ‘साइकल, मोटरसाइकल, बस, ट्रक सबैको चालकको कमजोरी वा ट्राफिक नियम पालना नगर्दा दुर्घटना भएको छ,’ उनले भने,‘सबैभन्दा बढी संख्या तीब्र गतिले दुर्घटना गराउँछ । दोस्रोमा ट्राफिक नियमको उल्लंघन र ३ नम्बरमा मापसे, ४ नम्बरमा लाइसेन्स नहुने र ५ नम्बरमा ओभरटेक हुदा दर्घुटना भएको देखिन्छ ।’ यस्तै, ८६ प्रतिशत चालकको लापरवाहीले गर्दा दुर्घटना भएको देखिन्छ भने १२ प्रतिशत दुर्घटनाको कारण पैदल यात्रुको कारणले भएको पनि उनले बताए । 

भिडियो: