धरानः माघ गतेदेखि धरानमाअन्तर विद्यालयस्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । 

धरान–१५ स्थित युनाइटेड गोर्खा एकेडेमीले बिहीबार पत्रकार सम्मेलन गर्दै माघ ३ गतेदेखि ६ गतेसम्म  ‘९ औं युनाइटेड गोर्खा एकेडेमी २०७९’ भलिवल कप हुने जानकारी दिएको हो । एकेडेमीका प्राचार्य पेम्बा शेर्पाका अनुसार छात्र छात्रा दुवै विधामा प्रतियोगिता हुनेछ । विद्यार्थीहरुको चौतर्फी विकास तथा पारस्परिक सम्बन्धको निरन्तरताको लागि खेलकुद भन्ने मूल नारा दिएर प्रतियोगिता गर्न लागेको पनि प्रिन्सिपल शेर्पाले बताए । बालबालिकाहरुमा लुकेर रहेको प्रतिभालाई बाहिर ल्याउन वर्षेनी यो प्रतियोगिता आयोजना गर्दै आएको र विद्यालयले पुरस्कारमा मात्रै करिब दुई लाख रुपैयाँ बढी खर्चिर्दै आएको पनि उनले बताए ।

छात्रछात्रा दुवैतर्फका बिजेतालाई २३ हजार रुपैयाँ, मेडल साथै प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । उपबिजेताले १८ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र, तेस्रो हुनेलाई १५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान पाउनेछन् । छात्रछात्रा दुवैतर्फ वेष्ट सर्भिस, वेष्ट डिफेन्स, वेष्ट लिफ्टर, वेष्ट स्पिकर, वेष्ट ब्लकर, वेष्ट प्लेयरलाई १२ सय रुपैयाँ, प्रमाणपत्र र ट्रफी प्रदान गरिने शिक्षक सन्तोष पोखरेलले बताए । छात्रछात्रा तुवैतर्फ अनुशासित टिमलाई ५ हजार नगद र प्रमाणपत्र साथै उत्कृष्ट टिम प्रशिक्षकलाई १५ सय रुपैयाँ प्रदान गरिनेछ भने प्रत्येक खेलमा एकजना खेलाडीलाई म्यान अफ दि म्याच घोषित गरिने खेल प्रशिक्षक तुलाराम राईले जानकारी दिए ।