धरान: गत बर्ष धरान १० पुतलीलाइनमा चौँठो बिबिक्यु रेष्टुरेष्ट सञ्चालनमा आएको थियो । तर, औपचारिक उद्घाटन भने हुन सकेको थिएन ।

आज (बिहिबार) भने चर्चित कलाकारहरुले चौँठो बिबिक्यु रेष्टुरेष्टको शाखा चौँठो किचन उद्घाटन गरेका छन् । चर्चित नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र हाँस्य अभिनेता जितु नेपालले रिबन काटेर किचनको उद्घाटन गरेका थिए । उनीहरु ह्यारी की प्यारी नेपाली चलचित्रको प्रचारको क्रममा धरान आएका थिए । यो फिल्म माघ २० गतेदेखि प्रर्दशनमा आउदैछ । जितु र साम्राज्ञीसँगै चर्चित कलाकार विजय वराल पनि उद्घाटन समारोहमा थिए ।

भिडियो:

चौँठो बिबिक्यु रेष्टुरेष्ट तथा किचनमा ५ जनाको लगानी छ । भुँइतलामा केलमे, पहिलो तलामा बिबिक्यु रेष्टुरेष्ट र माथिल्लो तलामा भएको चौँठो किचनका लगानीकर्ताहरु सबै एकै हुन् । लगानीकर्ता मध्येकी एक कमला लिम्बुका अनुसार बिहिबार उद्घाटन भएको चौँठो किचनमा विसुद्ध नेपाली खाना घरको स्वादमा उपलब्ध हुनेछ । ‘नेपाली खाना घरको स्वादमा पस्किएका छौं । दाल भात सेट, ढिडो सेट, मार्सी खाना सेट, सुक्खा रोटी सेट छ,’उनले भनिन् ।

केलमे सहित कुल डेढ करोडा लगानी भइसकेको पनि सञ्चालिका लिम्बुले जानकारी दिइन् । उद्घाटन अवसरमा बिबिक्यु रेष्टुरेष्ट र चौँथो किचनमा १० प्रतिशत छुट पनि ग्राहकहरुलाई रहेको उनले बताइन् । 

chautho1

chautho3

chautho

chautho2