धरान: प्रदेश नं १ का सरकारले ४ वटा मन्त्रालय खारेज गरेलगत्तै मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रीहरुको जिम्मेवारी तोकेका छन् । 

शुक्रबार साँझ मुख्यमन्त्री कार्कीले जिम्मेवारी तोक्दा दुई वटा मन्त्रालय आर्थिक मामिला तथा योजना र आन्तरिक मामिला तथा कानुन मन्त्रालय भने आफैंसँग राखेका छन्। एमालेबाट मन्त्री बनेका ताप्लेजुङका तिलकुमार मेन्याङबोले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय पाएका छन् । यस्तै, माओवादीबाट मन्त्री बनेका तेह्रथुमका सांसद दुर्गाप्रसाद चापागाइँले सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालय पाएका छन् । 

राप्रपाबाट मन्त्री भएका झापाका भक्तिप्रसाद सिटौलाले उद्योग, कृषि तथा सहकारी मन्त्रालय पाएका छन् भने माओवादीबाट मन्त्री बनेका मोरङका जीवन आचार्यले पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् । यसैगरि, एमालेबाट मन्त्री बनेका सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारीले सामाजिक विकास मन्त्रालय र जसपाबाट मन्त्री बनेकी ताप्लेजुङकी निर्मला लिम्बूले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएकी छिन् । 

cabi