धरान: धरान उपमहानगरपालिकाको सडकमा भवन तथा अन्य संरचनाहरु निर्माण गर्दा स्वीकृती नलिई सडकपेटीमा राखे जरिवाना गरिने भएको छ । 

आज (शुक्रबार) बिहान बसेको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो । मुख्य बजार क्षेत्रलगायत पीच सडकमा जग्गा भएका जग्गाधनीहरुले भवन तथा अन्य संरचना बनाउदा लामो समयसम्म निर्माण सामग्रीहरु सडकमा नै छाड्ने गरेका छन् । यसले दुर्घटना हुने, सडक भत्कने, आवातजावतमा असुविधा हुने भएकोले न्युनीकरण गर्न यस्तो निर्णय गरिएको उपमहानगरपालिकाले जनाएको छ । 

भिडियो:

बैठकले निर्माण सामग्रीहरु मुख्य बजार र पिच भएको सडकमा राख्नुपरे अग्रिम स्वीकृति लिनुपर्ने निर्णय गरेको छ । स्वीकृति लिदा मुख्य बजार क्षेत्रमा २४ घण्टा र बाहिरी क्षेत्रका पिच सडकमा ३ दिनसम्म निःशुल्क राख्न दिइनेछ । बिशेष परिस्थितिले उक्त समयमा सो निर्माण सामग्री हटाउन नसक्ने भए आवश्यकता र औचित्यताको आधारमा मुख्य बजार क्षेत्रमा बढीमा २ दिन र बाहिरी क्षेत्रमा बढीमा ४ दिनसम्म वडा कार्यालयले शुल्क लिएर स्वीकृति प्रदान गर्ने पनि निर्णय गरेको छ । 

यस्तो छ स्वीकृती लिएर निर्माण सामग्री राख्दाको शुल्क

jariwana

स्वीकृती नलिई निर्माण सामग्री राख्दा यस्तो छ जरिवाना

jariwana1