धरान: २३ औं टुबोर्ग गोधुली फुटबल रनिङ कपको उपाधी वडा नं १७ ले जितेको छ । 

शनिबार भएको फाइनलमा वडा नं. १५ लाई २–१ गोल अन्तरले हराउदै वडा १७ चौथो पटक च्याम्पियन भएको हो । उपाधीसँगै वडा १७ ले नगद १ लाख ५० हजार, ट्रफि, मेडल पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको वडा १५ ले नगद ७५ हजार, ट्रफि, मेडल हात पारेको छ । यस्तै गरि, विजेता तथा उपविजेता दुवै टिमलाई धरान वडा नं. १८ का वडाध्यक्ष नरेन्द्र कुमार राई (प्रविण) र उनका वुवा ध्यानबहादुर राईले नगद २५/२५ हजार पुरस्कार थप प्रदान गरेका छन् । 

फाइनल खेलमा वडा १७ लाई सहिल राई र सौजन राईले गोल गर्दै जित दिलाए । सहिलले पहिलो हाफको १७ औं मिनेटमा गोल गर्दै वडा १७ लाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफको इञ्जुरी समयमा वडा १५ का नगेन राईले गोल गर्दै खेल बराबरी बनाए । दोस्रो हाफको ३६ औं मिनेटमा वडा १७ का सौजनले निर्णायक गोल गरेका थिए ।  प्रतियोगितामामा खेलाडीहरुको विधागत पुरस्कारमा पनि वडा १७ को बर्चस्व रह्यो । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी वडा १७ का सविन राई घोषित हुँदै नगद १५ हजार हात पारे । प्रतियोगितामा ६ गोल गरेका वडा १४ का सरोज राईले हाइ स्कोरको पुरस्कार नगद ७ हजार ५ सय हात पारे । 

भिडियो:

यस्तै, प्रतियोगिताको बेष्ट डिफेन्स वडा १७ का सौजन राई, बेष्ट गोल किपर वडा १७ का सुजन राई, बेष्ट मिडफिल्डर वडा १७ का सुशिल राई, बेष्ट स्ट्राइकर वडा १७ कृष्ण राई, बेष्ट कोच वडा १७ का योगेन राई, राइजिङ प्लेयर वडा १७ का साहिल राई घोषित भए । फाइनल खेलको म्यान अफ द म्याच वडा १५ का नगेन राई घोषित भएका छन् । उनीहरुले जनही ५ हजार ५ सय, ट्रफी हात पारे । आयोजकले पत्रकार केदार बस्नेतलाई स्वर्गीय सुवास राई स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान पनि गरेको थियो । 

प्रतियोगिताका विजेता खेलाडीहरुलाई प्रमुख अतिथि धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई, उपप्रमुख अइन्द्र विक्रम वेघा, एन्फाका मानार्थ उपाध्यक्ष किशोर राई लगायतका अतिथिहरुले पुरस्कार वितरण गरेका थिए । गोधुली क्लबको आयोजनामा पुष ३० गतेदेखि शुरु भएको प्रतियोगितामा धरानका २० वटै वडाको सहभागिता रहेको थियो । प्रतियोगितालाई टुवोर्ग वियरले मुख्य प्रायोजन गरेको थियो भने धरानको १७ नं. वडा कार्यालय, धरान–१७ समाज हङकङ र सेन्ट जोसेफ स्कुले सहप्रायोजन गरेको थियो । 

godhuli final1

kedar

godhuli final2

godhuli final4

godhuli final5

godhuli final6

godhuli final7

godhuli final3