धरान: धरान बास्केटवल संघको आयोजनामा फागुन ५ गते देखि हुन लागेको दोस्रो प्रदेश १ अल्फाबिटा अन्तर कलेज महिला पुरुष बास्केटबल प्रतियोगिताका प्रविधिक टिमलाई जर्सी प्रदान गरिएको छ ।
धरान ९ स्थित मेहेर कलेक्सनले १० थान जर्सी प्रदान गरेको हो । मेहेर कलेक्सनका संचालक मेहेरलाल श्रेष्ठले आइतवार आफ्नै पसलमा सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदीलाई करिव १५ हजार रुपैया बराबरको जर्सी हस्तान्तरण गरेका छन् । कलेक्सनले २०५८ सालदेखि खेलकुदका सामग्री होलसेल र रिटेल गर्दै आइरहेको छ । धरान उपमहानगरपालिकाको संयोजन तथा सुनसरी बास्केटवल संघको प्राविधिक सहयोगमा संपन्न प्रतियोगितामा प्रदेश १ भरि वाट पुरुष तर्फ १२ टिम र महिला तर्फ ८ टिमले सहभागीता जनाउने आयोजकले जनाएको छ ।
बास्केटबल खेल र खेलाडीलाई व्यावसायिकता प्रर्वधन गर्ने उद्धेश्यले आयोजित प्रतियोगिताको सम्पुर्ण खेल धरान १६ स्थित धरान रंगशालाको कर्भडहलमा संचालन हुनेछ । प्रतियोगितामा पुरुष तर्फ २३ वर्ष मुनिका सम्मले मात्र सहभागिता जनाउन पाउने छ भने महिला तर्फ भने उमेर खुला गरिएको छ ।
प्रतियोगितामा पुरुष तर्फका विजेताले नगद ३० हजार, उपविजेताले नगद १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । महिला तर्फका विजेताले नगद २० हजार र उपविजेताले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यसैगरि व्यक्तिगत विद्यामा प्रतियोगिताका मोस्ट भ्यालुएवल प्लेयर एमभिपि उपाधि विजेता र हाइस्कोररले ट्रफि र प्रमाणपत्र सहित नगद पुरस्कार र उदयीमान खेलाडिले ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिताको फाइनल खेल अघि प्रकाश पौडेल महिला पुरुष थ्री–पोइन्ट कम्पिटिसन हुनेछ । कम्पिटिसनका विजेताले जनही नगद ३ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । थ्री पोइन्ट कम्पिटिसनका लागि धरान १५ निवासी नेपालका चर्चित गायक तथा पुर्व बास्केटवल खेलाडी प्रकाश पौडेलले प्रायोजन गरेका छन् ।
प्रविधिकलाई जर्सी हस्तान्तरण कार्यक्रममा प्रदेश १ बास्केटवलका राष्ट्रिय प्रशिक्षक विबास चाम्लिङ राई, राष्ट्रिय रेफ्रि शिसिर पोख्रेल, युगल लिम्वु, मनुहाङ्ग राई लगायतको उपस्थिति रहेको थियो । प्रतियोगिताको मुख्य प्रायोजनमा धरान २ स्थित अल्फा विटा कोयोला एजुकेसन कन्सलटेन्सि रहेको छ ।