धरान: प्रदेश १ स्तरीय अल्फाविटा अन्तर कलेज बास्केटवल प्रतियोगिता धरानमा शुरु भएको छ ।
धरान १६ रंगशालास्थित मिनि कभर्ड हलमा प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि एवं प्रदेशसभा सदस्य विजय राईले उद्घाटन गरेका थिए । उनले अफिसियललाई बास्केटवल हस्तान्तरण गरेपछि धरानको मेघा हिमालयन कलेज र एम्स एकेडेमीबीच उद्घाटन खेल भएको थियो ।
प्रमुख अतिथिको मन्तव्य व्यक्त गर्दै सांसद राईले सुनसरी बास्केटवल संघ अरु जिल्लाको भन्दा सक्रिय रहेको बताए । खेलकुदको विकासमा राज्य ठुलो दायित्व भएपनि निजी क्षेत्रबाट खेलकुदको लागी उत्साह जागर देखाएर सह्रानीय कार्य भएको बताए । उनले मिनि कभर्ड हलको स्तरोन्नतीमा वडा र नगरले ध्यान दिन आग्रह गर्दै आफु पनि सहयोग गर्ने बताए । आयोजक सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदीले राज्यले अझै पनि खेलकुदको विकासम पर्याप्त लगानी नगरेको भन्दै गुनासो पोखे । अल्फाविटाका प्रबन्ध निर्देशक सञ्जिव वान्तावा राईले खेलकुद र शिक्षालाई जोडेर लैजान बास्केटवलमा प्रायोजन गरेको बताए ।
बास्केटवलका प्रशिक्षक विकास चाम्लिङ राईका अनुसार प्रतियोगिताको फाइनल फागुन १० गते हुनेछ । प्रतियोगितामा पुरुषतफै १२ वटा टिम र महिलातर्फ ६ वटा टिम सहभागी रहेको छ । धरानबाहिरबाट इटहरी, मोरङ र झापाबाट पनि सहभागिता जनाएको उनले बताए । पुरुषतर्फ विजेताले ३० हजार र उपविजेताले १५ हजार नगद, ट्रफी र मेडल पुरस्कार पाउनेछ भने महिलातर्फको विजेताले २० हजार र उपविजेताले १० हजार, ट्रफी, मेडल पाउनेछ । दुवैतर्फको मोष्ट भ्यालुएवल प्लेयरले नगद २ हजार ५ सय ट्रफी पाउनेछन् भने हाइ स्कोररले नगद २ हजार नगद, ट्रफी पाउनेछन् ।
यसैगरि, प्रतियोगिताको फाइनल अघि प्रकाश पौडेल थ्री पोइन्ट च्याम्पियनसिप पनि हुनेछ । महिला र पुरुषका विजताले नगद ३ हजार ट्रफी, प्रमाणपत्र दिइनेछ । पुर्वबास्केटवल खेलाडी पौडेलको प्रायोजनमा थ्री पोइन्ट प्रतियोगता हुने भएको हो । कार्यक्रममा २०७६ मा मृत्यु भएका पुर्वब्रिटिश आर्मी कुलबहादुर सेनेहाङ लिम्बु (जुङ्गे माया) मृत्युपर्यान्त सम्मान गरिएको थियो । बास्केटवललाई परिचित गराउन तथा स्थापित गर्न महत्वपुर्ण भुमिका रहेकोले सम्मान गरिएको बास्केटवल संघले जनाएको छ । उनको सम्मान पत्र वडा नं १८ का वडाअध्यक्ष नरेन्द्रकुमार राई (प्रविण)ले ग्रहण गरेका थिए ।
भिडियो: