धरान: दुई बर्षअघि नै भएको २२ औं बुढासुब्बा गोल्डकपका विजेता र उपविजेता टोलीले पुरस्कार रकम पाएका छन् ।
दुई बर्ष स्थगित गरिएको २३ औं सँस्करण आयोजनाको पुर्वसन्ध्यामा धरान फुटबल क्लबले विजेता मनाङ मस्र्याङ्दी र उपविजेता नेपाल पुलिस क्लबलाई शुक्रबार पुरस्कार रकम उपलब्ध गराएको हो । क्लबका अध्यक्ष किशोर राईले प्रेश विज्ञप्ती जारी गर्दै कोरोना महामारीको कारण २ बर्ष प्रतियोगिता आयोजना गर्न नसकेको र अथक प्रयास गर्दा पनि २२ औं सँस्करणको विजेता, उविजेता टोलीलाई समयमा नै पुरस्कार दिन नसकेको जनाएका छन् ।
ढिलै भएपनि पुरस्कार कम दिएर कर्तव्य पुरा गरेको क्लबले जनाएको छ । साथै, फागुन १३ गतेदेखि बुढासुब्बाको २३ औं सँस्करण गर्न लागेकोले सहयोग गर्न पनि क्लबले अपिल गरेको छ । पुरस्कार रकम नपाएको भन्दै मनाङ मस्र्याङ्दी क्लबले पोखरामा आयोजना हुने आहा रारा गोल्डकपमा धरान फुटबल क्लबलाई सहभागी नगराउनु भन्दै पत्रचार गरेपछि धरान फुटबल क्लब निक्कै आलोचित भएको थियो ।